गरिव तथा बिपन्न परिवारलाई राहत बाड्दै तानसेन गुठी

0 234

पाल्पा । कोरोना त्रासका कारण चैत ११ गतेबाट देशभर आह्वान गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गरि गुजारा चलाउँदै आएका विपन्न वर्गहरुको चलो निभ्न नपाओस् भन्दै तानसेन गुठी काठ्माण्डौले पाल्पामा बिभिन्न चरणमा राहत बितरण गर्दै आएको छ ।

तानसेन गुठी काठमाडौका सदस्यहरू संग सहयोग जुटाउन निरन्तर अभियानको रूपमा तानसेन गुठी काठमाडौका केन्द्रीय अध्यक्ष सर्जु मान लिगल लागिपरेका छन् ।


यसै निरन्तरताका क्रममा तानसेन गुठी शाखावाट राहत वितरण गर्ने कार्य विगत पहिलो चरणमा तानसेन नगर पालिका राहत कोषमा रू एक लाख हस्तान्तरण गरियो । दोश्रो चरण कैलाश नगर विपन्न परिवार १७ परिवारमा, तेश्रो चरण पाल्पा प्रभास १९ परिवार, चौथौ चरण गार्खेकोट चिर्तुङ्गधारा र मिसनका गरि २८ परिवार तस्तै सिल्खान, मखन र विशाल वजारको १२ परिवार, वडा न ३ बसन्तपुरका २५ परिवार, भगवती टोलका १८ परिवार र शुक्रवार वडा नं. ६ का ३२ परिवारलाई दाल चामल लगायतका खाद्यन्न बितरण गरिएको छ ।

Comments
Loading...