गर्भपतनका कारण हुने लान्छना रोक्ने प्रतिबद्धता

0 21

पाल्पा । नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र पाकार्ड फाउन्डेसनको आयोजनामा गर्भपतन र लान्छना विषयमा सरोकारवालाहरु बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शाखाका कार्यबाहक अध्यक्ष चिरञ्जिवी शर्मा ढुंगनाको अध्यक्षता र शाखा सचिव राजेश्वर उदयको स्वागत पछि सुरु भएको कार्यक्रममा शाखा प्रवन्धक शोबाकान्त न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्ला स्थित सराकोरावाला कार्यालयका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्याल, पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, उपाध्यक्ष भरत शर्मा, जिल्ला स्वास्थ्य कार्यालयकी प्रतिनिधि कल्पना पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए । सहभागीहरुले गर्भपतनका कारण हुने लान्छना आफूले पनि नलगाउने र अरुलाई पनि त्यसो हुन नदिने प्रतिबद्धता सहित हस्ताक्षर गरेका थिए ।

Comments
Loading...