गर्भवती महिलालाई रगत दिन टोली नै लिएर अस्पताल पुगे सशस्त्रका डिएसपी

0 3,173

पाल्पा । तानसेन स्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत गर्भवती महिला निस्दी गाउँपालिका १ बाकामलाङकी २६ बर्षीया टिकामाया सोतीलाई उपचारका रगत अभावपछि सशस्त्र प्रहरी गुल्म पाल्पाका डिएसपी अरुणकुमार सिंह सहितको सशस्त्र टालीले रक्तदान गरेका छन् ।

डिएसपी सिंह सहित सशस्त्र प्रहरी सहायक हबल्दार तिलक कुँवर, सशस्त्र प्रहरी सहायक हबल्दार हेमन्त गाहा, सशस्त्र प्रहरी सहायक हबल्दार केशव थापा, प्राबिधिक सशस्त्र प्रहरी जवान लक्ष्मण के.सीले मंगलबार लुम्बिनी मेडिकल कलेजमा पुगेर रक्तदान गरेका हुन् ।
बिरामी महिलाको अत्याधिक रक्तश्राव भएपछि सामाजिक सञ्जाल मार्फत रक्तदानका लागि धेरैले अपिल गरेका थिए । सोमबार राति रगत अभाव भएको र बिरामीको अवस्था सिरियस रहेको भन्ने थाहा पाएपछि डिएसपी सिंहले सोमवार राति साढे १० बजे बिरामीका श्रीमान दुर्गा बहादुर सोतीसित सम्पर्क गरि तत्कालै आवश्यक भएमा पनि रगत उपलब्ध गराउने बताएका थिए । तर बिरामीलाई ज्वरो आएकोले रगत चढाउन नमिल्ने भएकोले मंगलबार बिहान मात्रै रत्तदान गरिएको हो । आफुहरुको सानो प्रयासको कसैको ज्यान जोगिन्छ भने त्यस्तो बेला सशस्त्र प्रहरी सधै तयार रहेको डिएसपी सिंहले बताए ।

रक्तदानपछि बिरामी महिलाका श्रीमान दुर्गा बहादुरले ५ पिन्ट रगत चढाईसकेको र अझै ५ पिन्ट ए पोजेटिभ रगत चाहियको भएपनि कोविड १९ को महामारीले कतैपनि रगत नपाउदा आफूहरु छटपटाइरहेको बेला सशस्त्र प्रहरीको टोलीले गरेको सहयोग प्रति आभार प्रकट गरे । उनले आफ्नी श्रीमति निको हुने आश पलाएको समेत बताए ।

पाल्पामा सशस्त्र प्रहरीको गुल्म केही बर्ष अघि मात्रै स्थापना भएको हो । यो गुल्म स्थापना देखि नै सशस्त्र प्रहरीको भूमिका महत्वपुर्ण रहँदै आएको छ । पछिल्लो समय कोरोना महामारीको समयमा नेपाल प्रहरी सहित सशस्त्र प्रहरीको टोलीले जिल्ला भित्रिने नाकाहरुमा महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

Comments
Loading...