गर्भवती महिला पोषण र सरसफाईबारे अन्र्तक्रिया सम्पन्न

0 152

बगनासकाली(पाल्पा) । बगनासकाली गाउपालिका वडा न. १ चिर्तुङ्धारा स्वास्थ्य चौकीको आयोजनामा तथा बगनासकाली गाउपालिका र सामाजिक श्रोत बिकास केन्द्र एसआरडिएन पाल्पाको सहयोगमा गाउँपालिका कर्यालयमा १ दिने गर्भवती महिला तथा परिवार बिच पोषण, सरसफाइ र गर्भवती तथा सुत्केरी स्याहार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम गर्भवती महिलाहरुलाइ अन्डा, आयोडिन युक्त नुन र हात धुने साबुन बितरण गरिएको छ । कार्यक्रमको उदघाटन सत्रमा स्वास्थ्य चौकी प्रमुख मीन प्रसाद खनालले स्वागत, गाउँपालिका स्वास्थ्य शाखा संयोजक मणिराम अधिकारीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल, उपाध्यक्ष सरस्वती चिदी र प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र अर्यालले गर्भवती महिलालाई पोषण तथा स्याहार ब्यवहारमा ध्यान दिन आग्रह गरे । अन्तर्कृया तथा सचेतनाको लागि स्वास्थ्य चौकी प्रमुख मिन प्रसाद खनाल, स्वास्थ्य चौकी अनमी चम्पा ढुंगाना, गाउँपालिका स्वास्थ्य संयोजक मणिराम अधिकरी र स्वास्थ्य उपसंयोजक ठानेश्वर बश्यालले सहजीकरण गरेका थिए । कार्यक्रमको अध्यक्षता स्वास्थ्य चौकी ब्यबस्थापन समितिका उपाध्यक्ष कुल प्रसाद ढुंगानाले गरेका थिए भने संचालन कार्यक्रम सहजकर्ता सुनिता खातीले गरेकी थिइन् ।

Comments
Loading...