गाईले भिरबाट धकेल्दा पाल्पामा १ जनाको मृत्यु

0 224

पाल्पा । रैनादेवी छहरा गाउँपालिका वडा नं. ६, गुहारठानाका ५० वर्षीय चन्द्रबहादुर रास्कोटीको गाईले भीरबाट धकेल्दा मृत्यु भएको छ ।


शुक्रवार बिहान बाटोमा हिड्ने क्रममा गाईले भीरमा धकलेको सडकदेखि १० मिटर तल खसेका रास्कोटीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको पाल्पाका इन्सपेक्टर सुरज श्रेष्ठले बताए ।

Comments
Loading...