गाउँपालिकाको पहलमा बिद्यालयमा नाटक

0 105

कमल बस्याल । बगनासकाली
बगनासकाली गाउँपालिकाले धुम्रपान, मद्यपान र लागुऔषध दुब्र्यसन बिरुद्ध वातावरण संरक्षण तथा स्वास्थ्यचेतना र पूर्ण सरसफाई सम्बन्धि जनचेतना मुलक सडक नाटक प्रस्तुत गरेको छ ।

पछिल्लो समय बिशेष गरी युवा पुस्ताहरु धूम्रपान, मद्यपान र लागुऔषध दुब्र्यसनको शिकार हुने क्रम बढेको बेला गाउँपालिकाले अभियाननै चलाएर सचेतनामुलक कार्यक्रमको थालनी गरेको हो । केहि मानिसहरु कानुनी कारबाही र समाजमै अपहेलित हुदा समेत दुब्र्यसनको लत छाडन नसकेको भन्दै यसका लागि पहिले बिद्यालय स्तर देखिनै बिद्यार्थीहरुलाई जनचेतना जगाउन आवश्यक रहेकाले गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालन गरेको बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले बताए ।

साथै उनले धुम्रपान, मद्यपान र लागुऔषध दुब्र्यसनले समाजमा चोरी डकैती, कुटपिट, लैङिगक हिंसाहरु बढेको भन्दै यस्ता कार्यक्रमले केहि हदसम्म भएपनि सकारात्मक भुमिका खेल्ने बिश्वास आफुहरुलाई लागेको बताए । धूम्रपान, मद्यपान र लागुऔषध दुब्र्यसनले मानिसहरुमा क्यान्सर जस्ता भयानक दिर्घ रोगहरु लाग्ने र मानिसहरुको अकालमै ज्यान गुमाउनु परेको भन्दै स्वास्थ्यका दृष्टिकोणले पनि यस कार्यक्रमको बिशेष महत्व रहेको बगनासकाली गाउँपालिकाका स्वास्थ्य उपसंयोजक ठानेश्वर बस्यालले बताए । गाउँपालिकाले अहिले बगनासकाली गाउपालिका भित्रका १० वटै माध्यमिक बिद्यालयमा सडक नाटक प्रस्तुत गर्न लागेको हो । नाटकमा धूम्रपान, मद्यपान र लागुऔषध दुब्र्यसन, यसका असर, यसले समाजमा पार्ने बिकृति, स्वास्थ्यमा पार्ने असर, पुर्ण सरसफाई लगायत बिषय केन्द्रित रहेको थियो ।

Comments
Loading...