गाउँपालिकाद्धारा अनुदानमा विउ वितरण

0 78

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिकाले कृषकहरुलाई अनुदानमा बिउ वितरण गरेको छ । गाउँपालिकाले पालिका भित्रका पाँच वटै वडामा कृषकहरुलाई मागका आधारमा उन्नत जातको आलु तथा गहुँको बिउ वितरण गरेको हो ।

रम्भा गाउँपालिकालाई तरकारीमा आत्म निर्भर बनाउन ५० % अनुदानमा भृकुटी र गौतम जातको गहुँ तथा कार्डिनल जातको आलु वितरण गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
गाउँपालिका भीत्र २२० क्विनटल आलु तथा २ हजार ५६० किलोग्राम गहुँको बिउ वितरण गरिएको छ । रम्भा गाउँपालिकाको वडा नं. १ हुँगी र वडा नं. ३ पिपलडाँडा गहुँ उत्पादनको लागि राम्रो क्षेत्र मानिन्छ । यसै गरि वडा नं. २ फोक्सिङ्गकोट, वडा नं. ५ ताहुँ, वडा नं १ हुँगी, वडा नं. ३ पिपलडाँडा र वडा नं. ४ हुमीनमा आलु खेतीको प्रशस्त सम्भावना रहेको छ । गाउँपालिका र कृषकको ५०,५० प्रतिशत लगानी गरि आलुमा ५ लाख २९ हजार २०० रुपिया तथा गहुँमा १ लाख ६६ हजार ४०० रुपिया गरि ६ लाख ९५ हजार ६०० रुपियाको बिउ खरिद गरिएको छ ।

Comments
Loading...