गाउँपालिका अध्यक्ष झाडीमा पसे

0 28

पाल्पा । शनिवार बिहान १२ बजेको थियो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्याल आफ्नै गाउँ जाने बाटो छेउ छाउका झाडीहरु हटाउन व्यस्त थिए । उनीसँगै नेपाली सेनाको गोरखदल गणका सैनिकहरुले समेत उक्त झाडी सफा गर्दै बाटो राम्रो बनाउने काममा लागेका थिए ।

बगनासकाली गाउँपालिका अन्र्तगत चिलाङ्दी चापपानी राम्दी सडक अन्र्तगत चिलाङदी गोपाल्दी सडक छेउछाउका झाडी तथा बुट्यानहरु सफाइ गरिएको थियो ।

शहिद दिवसको अवसरमा नेपाली सेनासितको समन्वयमा बाटो उपभोक्ता समितिले यस प्रकारको कार्यक्रम मिलाएको चिलाङ्दी चापपानी मोटरबाटो समितिका अध्यक्ष भगवान भण्डारीले बताए । अहिले यो बाटोको निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

पाल्पा समाचारपत्रसितको कुराकानीका क्रममा अध्यक्ष बस्यालले आफूहरु अहिले बगनासकाली गाउँपालिकालाई नमुना बनाउने अभियान लागिपरेको बताए । सोही अवसरमा चिलाङ्दी चापपानी राम्दी सडकको स्तरोन्नतीको विषयमा समेत जानकारी लिने काम भएको छ ।

Comments
Loading...