गाउँमै लोकल कुुखुरा पाल्न थाले सुरेश बयम्बुले

0 231

धनबहादुर ठाडा । (निस्दी) पाल्पा
निस्दी गाउँपालिका वडा नं. ५ गल्धा ढुंगानावेशीका सुरेश बयम्बुले व्यवसायीक रूपमा लोकल कुखुरा पालन शुरु गरेका छन् ।


पैसा कमाउनको लागि धेरैले वैदेशिक रोजगारलाई छनौटमा परेको बेला बयम्बुले भने लोकल कुखुरा पालन थालेका हुन् । २९ वर्षीय बयम्बुले आफै करिब ४ लाख लगानी गरेर कुखुरा पालन गरेको बताए ।


हाल बयम्बुको कुखुरा फर्ममा सानोठुलो गरि ७ सय वटा कुखुरा रहेका छन । अहिले कुखुरा प्रति केजी ६ सयका दरले विक्री हुने गरेको छ । हिजोआज गाउँ शहर जताततै बोइलर कुखुराको मात्रै प्रयोग भएको बेला आफुले शुरु गरेको व्यवसायबाट सफलता पाउने विश्वास बयम्बुको रहेको छ ।

Comments
Loading...