गाउँ गाउँमा क्वारेन्टाइन बनाउनु नै आजको आवश्यकता

0 35

राजा बगर
कोरोना महामारीले बिश्व नै थिलो थिलो भएको छ । महिनौ देखि आर्थिक तथा ब्यवसायिक कारोबार सुस्ताएका छन् । नेपाल पनि यो महामारीबाट अछुतो रहन सकेन । अहिले छिमेकी देश भारत पनि उस्तै ग्रस्त भएको छ ।


आज भारतबाट धेरै पाल्पालीहरु जिल्ला फर्केका छन् । उनीहरुलाई स्थानीय सरकारले राम्रो प्राथमिकता दिएका छन् । नाकामै पुगेर गाडीले ल्याउन थालेको छ । यसको अर्थ सबै सुरक्षित रहुन्, यदि कसैमा संक्रमण भइसेकेको रहेछ भने फैलन नपाओस् भन्ने पनि हो ।


बगनासकाली गाउँपालिकाले पनि वडा वडामा क्वारेन्टाइन बनाएर भारतबाट आएकाहरुलाई ब्यवस्थित रुपमा राख्न थालेको छ । भारतको मध्यप्रदेशबाट आएका सात जना युवाहरु अहिले गरनडाँडाको क्वारेन्टाइनमा बसेका छन । बगनासकाली ५ गरन्डाडामा अबस्थित सरस्वती आधारभुत बिधालयका दुई वटा कक्षा कोठामा उनीहरु दुरि कायम गरि बसेका छ्न ।


मध्य प्रदेश भोपाल स्थित आफ्नो रेस्टुरेन्टमा काम गर्ने भाइ हरुलाइ गाडी रिजर्ब सुनौलीसम्म पठाएको रेस्टुरेन्ट सन्चालक तथा समासेबी डोलराज गैरेले बताए ।सुनौली सम्म आएका उनीहरुलाई गाउँपालिकाले आफ्नो गाउँसम्म आउने यातायातको वातावरण मिलाएको थियो ।


क्वारेन्टाइन अवधिभरी दैनिक ३ सयका दरले खाना खर्च गाउँपालिकाले नै खर्च गर्ने गरि ब्यवस्था भएको गरनडाँडाका सामाजिक ब्याक्तित्व ओम प्रकाश गैरेले मलाई जानकारी गराउनुभएको छ । उनीहरु पनि क्वारेन्टाइनमा खुशीका साथ रहेको बताएका छन् ।


बगनासकाली गाउँपालिकाले विभिन्न ठाउमा क्वारेन्टाइन बनाउदै देश बाहिरबाट आएका पालिकाबासीहरुलाइ निगरानीमा राखेको छ । भारतबाट मात्र नभै तेश्रो मूलुकका नेपाली हरु पनि आफ्नो देश फर्कन चाहेका छ्न । यस बिषयमा सरकारले छिटो पहल गरोस भन्ने आम समस्यामा परेका नेपालीहरुको चाहना रहेको छ । बगनासकाली ५ मा जस्तै गरेक गाउमा सार्बजनिक भवन ,बिद्यालय आदिमा क्वारेन्टाइन बनाउने हो भने बिदेशीहरुलाइ पनि सहज रुपमा नेपाल लैजान र ब्यवस्थापन गर्न सकिन्छ यसतर्फ स्थानीय सरकारको ध्यान जाओस् ।


हालःयुएई

Comments
Loading...