गाउँ गाउँमा चोरी आंतक, चोरीमा संलग्न एक युवा पक्राउ

0 2,716

पाल्पा । पाल्पामा दैनिक रुपमा चोरीका घटनाहरु बढ्दै गएका छन् । बगनासकाली गाउँपालिकाको वडा नं. ८ बराङ्दीमा मात्रै केही दिन अघि १५ लाख बढीको गरगहना तथा नगद चोरी भएको थियो ।

त्यस्तै दैनिक जसो ग्रामीण क्षेत्रमा चोरीका घटनाहरु बढ्दै जादा स्थानीयहरु त्रसित भएका छन् । तर यस क्षेत्रमा चोरी गर्नेहरुको खोजी कार्य जारी रहेपनि पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।
नगद चोर्ने युवा पक्राउ
यसैबीच पुस १० गते तानसेन नगरपलिका–१ का टेक बहादुर गाहाको घरको दराजबाट नगद रु १ लाख ५० हजार चोरीमा संलग्न युवा पक्राउ परेका छन् । चोरीमा संलग्न तानसेन नगरपालिका–४ का २८ बर्षीय सन्दिप बुढाथकीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट चोरी भएको नगद समेत बरामद् गरिएको प्रहरीले जनाएको छ ।

Comments
Loading...