गुणस्तरीय स्वास्थ्य र पोषणबारे अभिमुखीकरण

0 180

एवत सारु । (रम्भा) पाल्पा
रम्भा गाउँपालिका—२, फोक्सिङ्गकोटमा गुणस्तरीय स्वास्थ्य तथा पोषणको लागि आफ्नै पहल “साथ” कार्यक्रमले अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सुआहारा कार्यक्रमका कार्यक्रम अधिकृत विपना श्रेष्ठ, हिमाल बन्जाडे तथा फिल्ड सुपरभाईजर खुश्मानन्द पाण्डेको सहजीकरणमा चलेको अभिमुखीकरणमा फोक्सिङ्गकोटका महिला स्वास्थ्य स्वयम सेवी, शिक्षक, जनप्रतिनिधी, फोक्सिङ्गकोट स्वास्थ्य चौकीका कर्मचारी गरि २७ जनाको सहभागीता रहेको थियो ।

अभिमुखीकरणमा मातृ तथा शिशुको शारीरिक तथा मानसिक विकासको लागि अघिल्ला हजार दिन अत्यन्त महत्वपूर्ण दिन भएकोले पोषण, खोप, आराम, सफाई लगायतका विषयमा ध्यान दिनु पर्ने बताईएको थियो । कार्यक्रममा फोक्सिङ्गकोटको ५ वटा स्थानका हजार दिनका आमालाई स्वास्थ्य सेवा पु¥याउने लक्ष्य सहितको कार्यक्रम तय गरिएको छ । अभीमुखीकरण स्वास्थ्य चौकी फोक्सिङ्गकोट व्यवस्थापन समितिका अध्यक्ष उमानसिं सारुको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...