गुल्मेली युवा आचार्य एनआरएनए कतारको सदस्यमा बिजयी

0 160

पाल्पा । गैर आवसीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद् कतारको सदस्यमा झवीन्द्र आचार्य बिजयी भएका छन् । गत २३ अगस्ट २०१९ मा सम्पन्न एनआरएन एनसिसि कतारको आठौ राष्ट्रिय महाधिबेसनबाट आगामी २०१९–२०२१ का लागि ४१३४ पंजीकृत सदस्यले सदस्यता लिएका थिए । जसमा ३४२० जनाले प्रत्यक्ष सहभागी भइ मतदान गरेका थिए, मध्य १८२४ मत लिएर आचार्य १० औं स्थानमा आएका छन् ।

सदस्य तर्फ ३३ जनाले आ–आफ्नो उम्मेद्वारी दर्ता गराएता पनि संघको बिधानको कार्यसमिति चयन पत्रमा सदस्यमा १८ राख्न सक्ने उल्लेख छ । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका सामाजिक अभियन्ता आचार्य बिभिन्न सामाजिक संस्थामा आवद्द छन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका वडा नं ५ छापाहिले जन्मेका आचार्यले कतारमा आफ्नो व्यवसाय गर्दै आएका छन् भने बचेको समयलाई समाज सेवामा खर्च गर्ने आफ्नो अठोट रहेको बताए ।

मध्यपूर्वमा सम्पूर्ण नेपालीहरुको आवाजलाई उठाउन तथा क्रमिक रुपमा अगाडि बढ्नु पर्छ भन्ने महसुस गरेर आफु समाज सेवामा अगाडी बढेको बताए । लामो समयदेखि समाज सेवामा लागेका आचार्य गुल्मी सेवा समाज कतारका वर्तमान कार्यसमितिका अध्यक्ष समेत हुन । आचार्य कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन । उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने बताए ।

उनले यो अवसर प्रदान गर्ने सबैप्रति आभार ब्यक्त गरेका छन् । उनले आगामी दिनहरुमा यहाँहरुको हौसला प्रेरणा सामाजिक कार्यहरूमा हातेमालो गर्दै, सही योजना र कार्यक्रममा प्रत्यक्ष सहभागी भइ सस्थालाई अझै सबल्, सक्षम र सबै नेपाली श्रमिकहरुको हक, हितको पक्षमा काम गर्न आफु तयार रहेको प्रतिबद्धता समेत जनाएका छन् ।

Comments
Loading...