गैरसरकारी संस्था महासंघमा तिमिल्सिना

0 49

 

पाल्पा,गैरसरकारी संस्था महासंघ पाल्पा शाखाको अध्यक्षमा दोश्रो कार्यकालको लागि भेषराज तिमिल्सिना पुनः निर्विरोध निर्वाचित भएका छन् ।  भदौ २३ गते तानसेनमा सम्पन्न शाखाको ७ औं अधिवेशनले तिमिल्सिनालाई अध्यक्ष निर्वाचित गरेको हो । त्यस्तै अधिवेशनले आगामी कार्यकालका लागि तिमिल्सिनाको अध्यक्षतामा माया शर्मा नेपाल उपाध्यक्ष, ठाकुर प्रसाद लोहागुन सचिव, विष्णुप्रसाद कडेल सह सचिव, संगीता रेग्मी कोषाध्यक्ष सहित १३ सदस्यीय कार्य समितिको सर्वसम्मत निर्वाचित गरेको छ ।

त्यस्तै सदस्यहरुमा लक्ष्मी पुरी, यादवराज शर्मा, तुल्सा गैरे, दिल बहादुर गाहा, नारायणी खनाल, दुर्गादेवी राना, मोहन रखाल र पदेन सदस्यमा निवर्तमान अध्यक्ष्ँ तुल्सीराम राना रहेका छन् ।  शाखाको ७ औ अधिवेशन १६ औं साधारण सभा तथा नागरिक सम्मेलनका अवसरमा शाखाको कामको समिक्षा गर्दै वार्षिक प्रगति तथा आर्थिक प्रगति प्रतिवेदन संगै आगामी कार्यकालका लागि प्रस्तावित कार्यक्रम समेत पेश गरिएको थियो ।

उक्त कार्यक्रममा उपस्थित प्रमुख अतिथि गैसस महासंघका केन्द्रिय महासचिव मिलन श्रेष्ठ, विशिष्ठ अतिथिहरु, केन्द्रिय सदस्य भिम सुवेदी, सुमित्रा शर्मा, पश्चिमाञ्चल ईन्चार्ज देवीप्रसाद तिमिल्सिना, अतिथि हरु नेपाली कांग्रेसका जिल्ला उपसभापति देवराज ढकाल, नेकपा एमालेका उप सचिव कमल पाण्डे, राप्रपाका प्रतिनिधि माया देवीबज्राचार्य, गैसस महांसघका क्षेत्रिय अध्यक्ष देविलाल लामिछाने, सरकारी कार्यालयहरुका तर्फबाट टंक प्रसाद पाण्डे, वरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पा शाखा सचिव किरण कौशल, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, जिल्ला सहकारी संघका अध्यक्ष कृष्ण बहादुर जिसी, नेपाल परिवार नियोजन संघका राजेश्वर उदय, लगायतले  शाखालाई विगतका कामका आधारमा प्रशंसा तथा सुधारका लागि पृष्ठपोषण प्रदान गरेका थिए ।

साथै गैससहरु सरकारका साझेदार र पुरक रहेको हुनाले राज्य र गैसस दुवै पक्षले एक अर्काको अस्तित्वलाई स्वीकार गरेर नया बनेको संरचनामा पनि साझेदारी गरेरै आर्थिक तथा भौतिक विकासमा लाग्नु पर्ने कुरामा जोड दिए । वक्ताहरुले अधिवेशनबाट कुशल नेतृत्वको चयन हुन सकोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।

Comments
Loading...