गैरेका दुई कृति एकै साथ बिमोचित

0 22

कमल बस्याल । तानसेन
साहित्यकार तथा समालोचक डा. शंकरप्रसाद गैरेको रस सिद्धान्त र बिश्लेषण कथा सिद्धान्त र प्रतिनिधि नेपाली कथा नामक दुईवटा कृतिको बिमोचन भएको छ ।

गैरेको दुईवटै कृतिको बिमोचन नेपाली हास्यब्यङग्य साहित्यकार चोलेश्वर शर्मा र त्रिभुवन बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख जीवन बहादुर थापाले संयुक्त रुपमा गरे । कृतिमाथि समिक्षा गर्दै पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्यालले गैरेका कृति अत्यन्तै गहकिला र निकै रोचक भएको औल्याउँदै पत्रकारिता र लेख रचनाको अन्तर सम्बन्धबारे पनि प्रकाश पारे ।
त्यसैगरि कृतिमाथि समिक्षा गर्दै उप प्रध्यापक महेन्द्र कुमार पन्थीले डा. शंकर गैरेको समालोचकीय ब्यत्तित्व र कृतिको मुल्य र गरिमाको बारेमा प्रकाश पारे । कार्यक्रममा साहित्यिक संस्थाको तर्फबाट पाल्पा साहित्य समाजका अध्यक्ष राजेन्द्रगोपाल सिंह, तथा सहायक क्याम्पस प्रमुख युवराज पौडेलले कृतिकारको सफलताको कामना गरे ।

कार्यक्रममा प्रमुख अतिथि चोलेश्वर शर्माले शंकर गैरेको साहित्यिक तथा समालोचक ब्यक्तित्वको प्रशंंसा गरे । त्यसैगरि बिशिस्ठ अतिथि क्याम्पस प्रमुख जीवन बहादुर थापाले गैरेको यस्तो प्राज्ञिक कर्मले त्रिभुवन बहुमुखी क्याम्पस र समग्र साहित्य जगतको गरिमा बढाएको बताए । कार्यक्रमको अध्यक्षता त्रिभुवन बहुमुखी क्याम्पस नेपाली बिभागका बिभागीय प्रमुख टंक प्रसाद भट्टराईले गरेका थिए । भने कार्यक्रमको सञ्चालन उप प्रध्यापक टंक पन्थले गरेका थिए । दुईवटा कृति बिमोचन भएसंगै गैरेका ५ वटा कृतिहरु बजारमा आएका छन् ।

Comments
Loading...