गोरु काटेको अभियोगमा पाल्पा रामपुरबाट ३ जना गिरफ्तार

0 71

पाल्पा । गोरु काटेको अभियोगमा प्रहरीले जिल्लाको रामपुरबाट ३ जना युवालाई असार ८ गते गिरफ्तार गरेको छ । रामपुरमा नगरपालिका १० का २५ वर्षीय प्रेम सुनार, १९ वर्षीय दामोदर सुनार र १९ वर्षीय नारायण सुनारलाइ प्रहरीले गोरू खाटेर खाएको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोरु काटेर खाएको जानकारी पाएपछि उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी मदन गिरीले बताए । गत असार ५ बजे रातिको समयमा स्थानीय बीर बहादुर सुनारको गोठबाट गोरु चोरी गरी नजिकैको बरभन्ज्याङ्ग जंगलमा काटेर खाएको जानकारी पाएसंगै उनीहरुलाई पक्राउ गरिएको हो । तीनै जनालाइ पशुपक्षी सम्बन्धी कसुरमा मुद्दा चलाईने प्रहरीले जनाएको छ ।

Comments
Loading...