चलचित्र लिलीबिलीको प्रिमियर जापानमा प्रदिप र जसिदा जापान जाने

0 63

जापान ।नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘लिलीबिली’को प्रिमियर जापानमा हुने भएको छ । यही अप्रिल १ तरिका आइतबार साँझ ६ बजे जापानको टोकियो स्थित नकानो जिरो हलमा प्रिमियर सो हुने भएको हो । प्रिमियरमा सहभागी हुने नेपालबाट नायक प्रदीप खड्का र नायिका जस्ता गुरुङ आउने डेस्टिनी क्रियसनले जानकारी दिएको छ ।

मिलन चाम्सको निर्देशन रहेको चलचित्र ‘लिलीबिली’लाई गोविन्द शाही र सुदिप खड्काले निर्माण गरेका हुन् । चलचित्रको अधिकांश छायाङ्कन स्कटल्याण्डमा गरिएको छ । लिलीबिलीमा प्रदीप र जसिताको साथमा प्रियंका कार्की, अनुप विक्रम शाही लगायतका कलाकारको अभिनय रहेको छ । यो चलचित्रको केही दिन अघि ट्रेलर रिलिज भएको थियो । उक्त ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । नायक प्रदिप खड्का र नायिका जस्ता गुरुङले जापानका दर्शकसंगै चलचित्र हेर्ने भएका छन् । जापानमा प्रदशनको जिम्मा डेस्टिनी क्रियशनले लिएको छ ।

Comments
Loading...