चिकित्सक र कर्मचारी गरि ४ जनामा कोरोना देखिएपछि पाल्पा अस्पताल बन्द

0 457

पाल्पा । अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारी गरि ४ जनामा कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल पाल्पाको आकस्मिक बाहेकको अन्य सेवा अर्को सुचना जारी नहुन्जेलसम्मको लागि बन्द गरिएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ । अस्पतालबाट कर्मचारी, बिरामीसहित ९ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियो । शुक्रबार आएको रिपोर्टमा ७ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
कर्मचारीमा संक्रमण देखिएपछि सेवाग्राहीमा पर्न सक्ने जोखिमलाई मध्येनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको अस्पतालले जनाएको छ ।

Comments
Loading...