चिच्चाएर वर माग्ने मेलामा भक्तजनको ओइरो

0 72

भुवन रायमाझी । सत्यवती
भगवानसँग मन्दिरमा गएर बर माग्ने कुरा कुनै नौलो भने होईन तर पाल्पामा यस्तो धार्मिक तिर्थ स्थल छ जुन मन्दिरमा भगवान संग चिच्चाएर बर माग्ने प्रचलन छ । जिल्लाको तिनाउ गाउँपालिका ४ कोलडाँडामा रहेको सत्यवती तालमा सार्वजनिक रुपमै चिच्चाएर भगवानसँग वर माग्ने मेला बिहीवारबाट सुरु भएको छ । मेला १८ गतेसम्म सञ्चालन हुनेछ ।

दर्शन गर्न जाने भक्तजनहरुले सत्यवती वजैको लागि परेवा र वोकाको वली दिने परम्परा छ । समुद्री सतहदेखि १ हजार ४ सय मिटर उचाइमा जंगलको विचमा रहेको तालमा दर्शन गर्न पाल्पा, गुल्मी,रुपन्देही,भैरहवा, कपिलवस्तु,नवलपरासी,चितवन, काठमाडौ,पोखरा लगायत जिल्ला र लगायत भारतका गोरखपुर, लखनउ, नौतनहवाबाट पनि भक्तजन आएका छन् ।

किवदन्ती अनुसार सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण उनीसँग चिच्चाएर बरदान माग्ने चलन रहेको छ । यो मेला रातिको समयमा लाग्ने गर्छ । । सत्यवती ताल संरक्षण तथा विकास समितिका अध्यक्ष सुनविर गाहका अनुसार परम्परागत रुपमा लाग्दै आएको यो मेलामा सत्यवती मन्दिरको किनारमा रहेको ताल वरिपरि घुम्दै चिच्चाएर बरदान माग्ने गर्छन् ।

Comments
Loading...