चैत २६ र २७ गते निस्दीमा उपाध्यक्ष कप हुने

0 177

होम राई मगर । अर्चले (पाल्पा)
निस्दी गाउपालिका पाल्पामा यही चैत २६ र २७ गते उपाध्यक्ष कप भलिबल हुने भएको छ । युवा परिचालन केन्द्र निस्दी,पाल्पाका अध्यक्ष नविन्द्र सोती मगरको अध्यक्षतामा हालै बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले निस्दी गाउपालिका भित्र रहेका ७ वटै वडाबाट महिला पुरुष १–१ समूहको सहभागिता गराउन सम्बन्धित वडाका खेलकुद समितिलाई जानकारी गराउने निर्णय गरेको छ । त्यसैगरी पुरुष भलिबल प्रतियोगितामा पहिलो हुनेलाई ५० हजार नगद,कप,मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई ४० हजार नगद,मेडल र प्रमाणपत्र अनि तेस्रो हुनेलाई ३० हजार नगद,मेडल र प्रमाणपत्र पुरस्कार दिने भएको छ ।

महिला तर्फ प्रथम हुने समूहलाई १५ हजार नगद,कप,मेडल र प्रमाणपत्र,दोस्रो हुनेलाई १० हजार नगद,मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई ५ हजार नगद,मेडल र प्रमाणपत्र दिने निर्णय गरेको केन्द्रका सचीव केश बहादुर सुनारीले बताए । दर्ता निःशुल्क रहेको प्रतियोगिता झ्याल्टुङ खेल मैदानमा हुने भएको हो । खेल पुरुष भलिबल लिग सिस्टम र महिला भलिबल नकआउट सिस्टम सञ्चालन गर्ने समेत आयोजकले जनाएको छ ।

निस्दी गाउपालिकाको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता गत आर्थिक वर्ष अध्यक्ष कप भएको थियो । निरन्तरता स्वरुपमा यसवर्ष उपाध्यक्ष कप गर्न लागिएको र आगामी वर्ष पनि हुने परिचालन केन्द्रले जनाएको छ ।

Comments
Loading...