छोरी शिक्षाका लागि हेफरका कर्मचारीको सहयोग

0 192

पाल्पा । हेफर इन्टरनेशनलमा कार्यरत कर्मचारीहरुले आफ्नो पारिश्रमिकको केही रकम बचाएर तिनाउँ गाउँपालिकाका २ वटा बिद्यालयका ८ जना छात्राहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएका छन् ।

अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर हेफर नेपाल, गर्ल्स चाईल्ड एजुकेसन कार्यक्रम अन्तर्गत तिनाउँ गाउँपालिका पाल्पा, वडा न १ को ज्ञानोदय मा ब र वडा न ४ मा रहेको पृथ्वी प्रकाश माबिका ४,४ जना गरि ८ जना छात्रालाई छात्राबृति बितरण गरिएको हो ।

हेफर इन्टरनेशनल मार्फत गाउँमा बनेका समूहमा आवद्ध महिलाहरुका छोरीहरु मध्ये गरिव तथा जेहेन्दार छात्रा छनाैट गरि शैक्षिक सामाग्री बितरण गरिएको सामाजिक स्रोत बिकास केन्द्र (एसआरडिसीएन) पाल्पाका कार्यकारी निर्देशक चोपलाल गिरीले बताउनुभयो । उहाँले हेफरमा कार्यरत कर्मचारीहरुले पाउने पारिश्रमिकबाट केही रकम जम्मा गरि छोरी शिक्षा कार्यक्रम अन्र्तगत यसरी शैक्षिक सामाग्री बितरण गरिएको बताउनुभयो ।

छात्राहरुलाई छोरी शिक्षा कार्यक्रम अन्र्तगत स्कुल ब्याग, बिद्यालय पोशाक, जुत्ता, मोजा, पेन्सिल कपि, पेन लगायत गरि प्रति छात्रा १० हजार बरावरको दरले ८ जना छात्राहरुलाई उक्त शैक्षिक सामाग्री बितरण गरिएको हो ।

छात्राहरुलाई तिनाउँ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लाल बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, एसआरडिसीएनका कार्यकारी निर्देशक चोपलाल गिरी लगायतले उक्त शैक्षिक सामाग्री बितरण गर्नुभयो ।

शैक्षिक सामाग्री बितरण गर्दै गाउँपालिका अध्यक्ष श्रेष्ठले यसप्रकारको सहयोगका लागि हेफर इन्टरनेशनलमा कार्यरत कर्मचारीहरुलाई धन्यवाद दिनुभयो । उहाँले यो सहयोग पाउने छोरीहरुलाइअझ उत्साहपुवर्क पढ्नका लागि पनि थप प्रेरणा मिल्ने बताउनुभयो ।

Comments
Loading...