जडीबुटी उत्पादनका लागि नमुना क्षेत्रको रुपमा विकास गर्ने : पाण्डेय

0 86

पाल्पा । नेकपा एमालेका केन्द्रीय सदस्य सोम प्रसाद पाण्डेयले कचल दोभान क्षेत्रलाई अम्रिसो, दालचिनी, ओखर लगायतका जडीबुटी उत्पादनका लागि नमुना क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् ।

दोभान क्षेत्रमा दालचिनी प्रशोधन उद्योग स्थापना र कच्चा पदार्थ उत्पादनमा किसानलाई अनुदानको व्यवस्था गरिने पाल्पा निर्वाचन क्षेत्र २ का बामगठबन्धनका प्रतिनिधिसभाका सदस्यका साझा उम्मेदवार सोमप्रसाद पाण्डेयले बताए ।

पाल्पाको तिनाउ गाउपालिकाको कचलमा वामगठबन्धनले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै पूर्व मन्त्री पाण्डेयले नुवाकोट गढी, वसन्तपुर दरवार, बल्ढेङ्गढी दरवारलगायतका ऐतिहासिक सम्पदाहरुको संरक्षण गरी आकर्षक गन्तव्यस्थलको रुपमा विकास गरिने बताए ।
उनले आदिम मानव पुर्खा (रामपिथेकस) को अस्थिरपंजर प्राप्तिस्थललाई केन्द्रविन्दुमा राखी दोभानको उपयुक्त स्थल भुतखोला वा यस्तै स्थलमा रामपिथेकस पार्क निर्माण गरी विश्वकै पर्यटकहरुको आकर्षित गरिने बताए । झुम्सा कचल ठूली उदाङ बल्ढेङगढी सुँगुरेढुंगा सडक चुरेक्षेत्रीय सडकका रुपमा विकास गरिनेछ ।

Comments
Loading...