जनताको मन रुवाएर सरकारले कुनै सम्झौता गर्दैनः ज्ञवाली

0 39

नेत्र गैरे । पाल्पा
परराष्ट मन्त्री प्रदिप कुमार ज्ञवालीले मित्रताको नाममा नेपाली जनताको मन रुवाएर सरकारले कुनैपनि संझौता नगर्ने बताएका छन् । तानसेनमा आयोजित महाकवि निलकण्ठ न्यौपाने द्धारा लिखित श्रम– साधना महाकाव्यको बिमोचन गर्दै मन्त्री ज्ञवालीले सुगौली सन्धी र महाकाली सन्धीले नेपाल र भारतको सिमाना निर्धारण गरेको हुँदा नेपालका भू–भागहरुलाई सरकारले रक्षा गर्ने बताएका हुन ।

हाल दुई देश बिच देखिएको सिमा समस्या समाधानको लागि कुटनैतिक ढंगबाट पहल सुरु गरिएको उनले बताए । इतिहासले बोकाएको लथालिङ्क अबस्थालाई सम्हाल्दै अघि बढन सरकारलाई चुनौती रहेको बर्तमान अबस्थामा नेपाली भुमीको रक्षा र नेपाली जनताको सुरक्षामा सरकार पछि नहट्ने मन्त्री ज्ञवालीको बताए । उनले महाभारतका पात्र शल्य जस्ता पात्रले नेपालीको मनोबल कम गरेको हुँदा आजको समयमा राष्ट्र हाक्ने सारथीलाई उर्जाको आबस्यकता रहेको बताए । यो सरकार जनताको भावना बोक्ने सरकार भएकाले सीमा बिबाद दुबै देशका जनताको हितमा हुने गरि समाधान गरिने बताउदै बर्तमान अबस्थामा सरकार,प्रतिपक्ष दल लगायत सबै एकै ठाउँ भैसकेकाले सरकार थप बलियो भएको ज्ञवालीको भनाई थियो ।

उनले सरकारले तथ्य र प्रमाणका आधारमा भारत सरकारसंग कुटनितिक रुपमा छलफल गरेर नेपालको भूमी फिर्ता ल्याउने बताए । २०१५ सालमा भएको चुनाव, २०१८ सालको जनगणना र १९९७ सालमा त्यहाँका जनताले तिरो तिरेकाका रसिदका आधारमा मित्र राष्टसंग कुरा अघि बढाएर छलफल गर्ने मन्त्री ज्ञवालीको भनाई छ ।


बिमोचन कार्यक्रममा उनले साहित्यको अध्यायन सष्टा र्सिजना सकारात्मक र पाठकको मनोबल बढाउने हुनु आबस्यक रहेको बताउदै राष्ट्रियता, स्वाभिमानसँग सम्बन्धित कृतिले नेपालमा श्रम र साधनाको माध्यमबाट समृद्धि ल्याउन सक्ने बताए । प्राध्यापक डा. बेणिमाधव ढकालले समिक्षा गर्दै कविले श्रमको खोजीमा विदेश भौतारिने युवालाई स्वदेशमै साधना गरेर समृद्धि ल्याउन तर्फ उत्प्रेरणा गर्ने कुरालाई काव्यमा समावेश गरेको बताए । महाकवि निलकण्ठ न्यौपानेले युद्धवीर नेपालीको रुपमा चिनिएको नेपाललाई श्रमवीर नेपालीको रुपमा चिनाउन महाकाब्यबाट पे्ररणा मिल्ने बताए । धवल पुस्तकालय तानसेनको आयोजनामा भएको कार्यक्रममा प्रदेश सांसदहरु, स्थानीय सरकारका प्रमुखहरु, जिल्लाका वुद्धिजिवी समाजेवी, राष्ट्रसेवक कर्मचारीहरु, पत्रकार एंव साहित्यकारहरु लयागतको उपस्थिती रहेको थियो । श्रम–साधना महाकाव्य पुस्तकको प्रकाशन पूर्वखोला गाउँपालिकाले गरेको हो ।

Comments
Loading...