जनताले शक्तिशाली सरकार भएको महशुस गर्न पाएनन् – अध्यक्ष केसी

0 200

कमल थापा/पाल्पा । देशमा स्थायी सरकार भएपनि जनताले देशमा शक्तिशाली सरकार भएको महशुस गर्न नपाएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् । सोमबार पाल्पाको तानसेनमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले माफिया, तस्करहरुका अगाडी सरकार निरिह भएको बताएका हुन् ।

‘विदेशीले प्राकृतिक स्रोत साधनमाथी दाई हालेका छन् । अन्तर्राष्ट्रिय संघसंस्थाका नाममा यहाँको कर प्र्रणालीलाई खल्बल्याएको छ । आमूल परिवर्तन नभई बहुसंख्यक नागरीककोे अपेक्षा पुरा हुन सक्दैन’, केसीले भने, ‘नेपालमा राजनीति गर्ने भनेको नै कमाउने कुरा भएको छ’ । ‘देशमा भष्ट्राचार बढ्दो छ, सरकार भष्ट्राचारीलाई कारवाही गर्न सक्दैन । छोरा, नातीलाई कमाएपछि अलिअलि मुद्दा चलाए जस्तो गरिन्छ । जनताले सुशासनको महशुस गर्न पाएनन् ।’

अध्यक्ष केसीले बताए, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्देन’ । धर्म निरपेक्षको विकल्प धर्म सापेक्ष पनि हुनै नसक्ने भन्दै यस्ता कुरामा जनमोर्चा नभएको उनले बताएका हुन् । १०/१२ प्रतिशतले रजाई गर्ने प्रणाली हो संसदीय प्रणाली त्यसैले माननीय हुन कीन दाम्लो छिदाल्छन्, दौड धुप हुन्छ त भन्दा त्यहाँ भित्र अनेकौं खेल हुने गरेको अध्यक्ष केसीले बताए । अध्यक्ष केसीले राणा गए पनि राजा गए पनि, प्रजातन्त्र गएपनि राजनीति गर्नेहरुले प्रवृत्ति सुध्रेन जसले प्रतिगमन हुने खतरा बढ्यो भने, दीर्घकालीन नीति लिने दलहरु कम भएको बताए । साभार www.samachardainik.com

Comments
Loading...