जनप्रतिनिधि र निगरानी समूहका सदस्यलाई तालिम

0 65

पाल्पा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ५ नंं प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा पाल्पाको बगनासकाली गाउँपालिकामा मानव अधिकार निगरानी समूहका सदस्य तथा जनप्रतिनिधिहरूलाई क्षमता अभिबृद्घि सम्बन्धी दुई दिने तालिम बुधवार सम्पन्न भएको छ ।

बगनासकाली गाउँपालिकाको वडा नं. ७ खानीगाउँ र वडा नं. ९ चापपानीमा संचालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम (इएलपी परियोजना) अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य र जनप्रतिनिधिलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी तालिम प्रदान गरिएको हो ।

तालिममा अविक्ता राजेन्द्र प्रसाद बस्याल, दोलख बहादुर रास्कोटी, पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष भगवान भण्डारी, इन्सेक नेपालगञ्जकी कार्यक्रम अधिकृत सरवती मल्ल, इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले शिक्षा, स्वास्थ्य र खाद्यअधिकारका विषयमा रही सहजीकरण गरेका थिए । तालिममा मानव अधिकारको अवधारणा, स्थानीय सरकारको काम कर्तव्य र अधिकार, संविधान र मौलिक हक, सुशासन र पारदर्शिता लगायतका विषयमा समेत सहजीकरण गरिएको छ ।

तालिमको अवसमा वडा नं. ९ का अध्यक्ष थानेश्वर तिमिल्सिना वडा नं. ७ का अध्यक्ष गुन बहादुर बुढाथोकी, बगनासकाली गाउँपालिकाका शिक्षा शाखाका स्रोत व्यक्ति गोपाल आचार्य, वडा नं. ७ खानीगाउँका मानवअधिकार निगरानी समूहका अध्यक्ष पुर्ण बहादुर कनौजे वडा नं. ९ का निगरानी समूहका संयोजक रणप्रताप खाँण लगायतले तालिम उपयोगी र फलदायी भएको बताए । तालिममा मानवअधिकार निगरानी समूहका सदस्य, जनप्रतिनिधि र विषय गत कार्यालयका कर्मचारी गरि २७ जनाको सहभागिता रहेको थियो ।

Comments
Loading...