जन्मदिनको अवसरमा १२ जना बिद्यार्थीलाई न्यानो ज्याकेट बितरण

0 139

चुरामणी तिमिल्सिना

रामपुर नगरपालिका ५ निवासी कृष्णकला भण्डारी कंडेलले आफ्नो जन्मदिनको अवसरमा देवबाणी संस्कृत तथा साधारण माविमा अध्ययनरत १२ जना बिद्यार्थीलाई न्यानो जकेट बितरण गरेकी छन् ।

रम्भा माध्यमिक बिद्यालय रम्भा गाउँपालिका ताहुँकी शिक्षिका समेत रहेकी उनले जाडोको समयमा गरिव तथा बिपन्न परिवारका बिद्यार्थीहरुलाई केही भएपनि राहत होस् भन्ने उद्देश्यले आफ्नो जन्मदिनको अवसरमा उक्त सहयोग गरेको बताइन् ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले यस प्रकारको प्रशंसनीय कार्यको सराहना गरे । उनले जन्म दिनको अवसरमा आजकल धेरै अनावश्यक खर्च गर्ने प्रचलन आएको भन्दै गरिव तथा बिपन्न परिवारका बालबालिकालाई अध्ययनका लागि प्रोत्साहन गर्ने खालका यसप्रकारका योजना बनाएर सबैलाई आग्रह समेत गरे । उनले जाडोमा कठ्यांग्रिदै हिडेका बिद्यार्थीहरुलाई यसप्रकारको सहयोगले धेरै राहत मिलेको बताए ।
कार्यक्रममा बिद्यालयका शिक्षक, बिद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो ।

Comments
Loading...