जन्म दिनमा पत्रकारको यस्तो प्रतिबद्धता

0 24

पाल्पा । स्वतन्त्र पत्रकार संघ पाल्पाका अध्यक्ष तथा परेवा पाक्षिक पत्रिकाका सम्पादक भोजराज भट्टराईले आफ्नो जन्मदिनमा विपन्न समुदायको स्वास्थ्य बिमा गरिदिने प्रतिबद्धता गरेका छन् ।

उनले आफ्नो जन्म दिनको अवसरमा सामाजिक सञ्जाल फेसुबकमा यस्तो स्टाटस लेखेका छन् ।

केक काट्न नपरोस् । हेप्पी बर्थ डेको कल्चर अंगाल्दै भोज भतेर पनि गर्न नपरोस् तर प्रत्येक जन्मदिनमा कोही न कोहीको लागि कम्तीमा एक वर्ष केही सहयोग पुग्ने कर्म गर्न सकियोस् भन्ने अभिप्रायले यसैवर्षदेखि अभियानसुरु गर्दैछु । अभियान प्रत्येक वर्ष फरक गर्नेछु । यसवर्ष १ वर्षको लागि पाल्पा बगनासकालीका ३ विपन्न परिवारलाई स्वास्थ्य विमा गरिदिने प्रण गर्दछु । यसवर्ष बगनासकालीका ३ वडाका १,१ परिवारलाई सम्बन्धित वडाका वडाअध्यक्ष र सचिवको सिफारिसमा एक महिना भित्रमै गर्ने अवगत गराउँछु ।

Comments
Loading...