जर्बजस्ती करणी र विवाह कसुर सम्बन्धी प्रशिक्षण रामपुरमा सम्पन्न

0 19

रामपुर(पाल्पा) । ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले रामपुर नगरपालिका वार्ड नं २ भलाएटारमा वार्ड नं २ मा १५० जनाको संख्यामा रहेका सहभागिहरुलाई जवर्जस्ती करणी अपराध न्यूनीकरण सम्बन्धी एक प्रशिक्षण कार्यक्रम गरि प्रशिक्षण दिएको छ ।

उक्त प्रशिक्षण कार्यक्रमको क्रममा जर्बजस्ती करणी अपराधको बारेमा प्रशिक्षण गर्नुका साथै के कारणबाट समाजमा यो घट्ने गर्दछ ? र यस अपराध नियन्त्रण तथा न्यूनीकरण गर्न समाज तथा परिवार लगायत अन्य संस्थाहरु समेतले के कस्तो भूमिका निर्वाह गर्न सकिन्छ आदि बिषयहरुमा प्रशिक्षित गरिएको थियो ।
सो कार्यक्रममा स्थानीय बासीहरुको अलावा बिभिन्न संस्थामा आबद्ध महिला र पुरुषहरुतथा स्थानीय जनप्रतिनिधिहरु समेत सहभागिको रुपमा रहेका थिए भने रामपुर न.पा. वार्ड नं २ का वडाध्यक्ष तारा बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भोजराज पाण्डेले प्रमुख प्रशिक्षकको रुपमा सहभागिहरुलाई प्रशिक्षण दिएका थिए भने कार्यक्रमको आयोजना २ नं वडा को संयोजनमा प्रहरी चौकी केलादीले गरेको थियो ।

Comments
Loading...