जल्पा स्वास्थ्य चौकी १ साताका लागि बन्द

0 263

पाल्पा । स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि पूर्वखोला गाउँपालिका वडा नं.२ स्थित जल्पा स्वास्थ्य चौकी चौकी एकसाताका लागि बन्द गरिएको छ ।

कन्ट्रयाक ट्रेसिङ गरि स्बाव परीक्षण गर्दा ६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि स्वास्थ्यचौकी पुस १ गतेदेखि पुस ८ गतेसम्म स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा उल्लेख छ । पुस ९ गतेदेखि भने स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवाहरु सुचारु हुने बताइएको छ ।

Comments
Loading...