जव शिरिष स्टेज चढे, पाल्पाली नाच्न थाले

0 26

पाल्पा । पाल्पा महोत्सवमा शनिवार रोईला गायक शिरिष देवकोटाले दर्शकलाई छमछमी नचाए । तानसेनको टुँडिखेल मैदानमा आयोजित पाल्पा महोत्सव २०७४ मा आधा दर्जन बढी गीत गाए र सबै गीतमा दर्शकले नाचेरै साथ दिए ।

उनले लोक तथा रोईला भाकामा गीत गाउँदा दर्शकहरुले अत्यन्तै उत्साहका साथ ताली बजाएका थिए नाचेका थिए । पाल्पामा जन्मिएका शिरिष राष्ट्रिय र अन्तर्रािष्ट्रय स्तरमा समेत रोइला गायकका रुपमा परिचित छन् ।

महोत्सवमा अर्का गायक रामचन्द्र चन्दले पनि दर्शकलाई भरपुर मनोरञ्जन दिए । उनले गीत गाउँदा दर्शक दीर्घामा निकै उत्साह देखिएको थियो । महोत्सवमा चन्द र देवकोटासँगै अन्य राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुले समेत प्रस्तुती राखेका थिए ।फोटोः फाइल

Comments
Loading...