जाडो समयमा ४१ जना बिद्यार्थीलाई संगीता फाउण्डेसनद्धारा स्वीटर बितरण

0 61

पाल्पा । संगिता फाउन्डेसनले रैनादेवी छहरा गाउँपालिका वडा नं.३ मा रहेका श्री जनप्रिय आधारभुत विद्यालयका गरीब, असहाय तथा विपन्न समुदायका ४१ जना बिद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरेको छ ।

स्वीटर हस्तान्तरण गर्दै वडा नं. ३ का अध्यक्ष लाल बहादुर दर्लामीले संगिता फाउन्डेसनसँग वडाले शैक्षिक विकासका लागि विभिन्न कार्यक्रममा सहकार्य गर्न चाहेको बताए । सोहि विद्यालयका पुर्व शिक्षक सुवास पोखरेलको संयोजनमा भएको उक्त कार्यक्रममा युवा उत्प्रेरक तथा फाउन्डेसनको अध्यक्ष संगिता भट्टराईले सबैले आफ्नो कमाईको सानो अंश सेवामा लगाउन सके विपन्न बालबालिकाहरुको मुहार फेरिन सक्ने बिचार ब्यक्त गरिन् । साथै उनले बालबालिकाहरुलाई कसरी सफल बनाउने विषयमा अभिभावक शिक्षा स्वरुप आफ्ना महत्वपुर्ण भनाईहरु समेत राखेकी थिइन् ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विमल पन्तले विद्यालयलाई बालमैत्री वातावरणबाट अघि बढाउन संगिता फाउन्डेसन सँग सहकार्य गर्न चाहेको बताए ।

Comments
Loading...