जिप पल्टिदा ४ जना घाइते

0 123

 

गुल्मी । गुल्मी सदरमुकाम नजिकै रेसुंगा नगरपालिका ४ रैदीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।
इस्मा गाउँपालिका ५ मैदानबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप स्टेरिङ्ग फेल भएर शनिवार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक गंगा बहादुर थापाले बताए ।
दुर्घटनामा इस्मा गाउँपालिका ५ का २७ बर्षिय मिना बस्नेत, २९ बर्षिय बिष्णु कुवंर, ६६ बर्षिय लिल बहादुर बस्नेत र ३२ बर्षिय राम बहादुर भण्डारी घाइते भएको थापाले बताए । चारै जना घाइतेहरुलाई जिल्ला अस्पताल तम्घास ल्याउने तयारी भएको प्रहरीले जनाएको छ । जिप सडकमै पल्टिभएको छ । चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।

Comments
Loading...