जिल्लाका होटल ब्यवसायी एकै ठाउँमा, अध्यक्षको जिम्मेवारी मोहन श्रेष्ठलाई

0 218

पाल्पा । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ पाल्पाको प्रथम अधिबेशन तानसेनमा सम्पन्न भएको छ । अधिवेशनले मोहन प्रसाद श्रेष्ठको अध्यक्षमा जिल्ला समितिको गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा जीवलाल सुवेदी, उपाध्यक्षमा जयनारायण सापकोटा, महिला उपाध्यक्षमा रञ्जना अर्याल, महासचिवमा लक्ष्मण बस्याल, सचिवमा अमृतराज नेपाल, कोषाध्यक्षमा अशोक कुमार महर्जन, सहकोषाध्यक्षमा मुकेश जिसीलाई जिम्मेवारी दिएको छ ।


त्यस्तै सदस्यहरुमा नारायण गोपाल पाण्डे, धिरेन प्रधान, अशोक थापा, रबिन्द्र बज्राचार्य, साजन सुवेदी, बसन्त कुवर, मणिकान्त न्यौपाने, किरण चित्रकार, बिष्णु बहादुर थापा, शुसिल नेपाल रहेका छन् । त्यस्तै मनोनित सदस्यमा शोभा भट्टराई र शरण श्रेष्ठ रहेका छन् ।
यसअघि तदर्थ समिति बनेको भएपनि यसरी पुर्ण समिति भने नबनेको र आगामी दिनमा रचनात्मक रुपमा जिल्लाको पर्यटन प्रवर्धनका लागि बिभिन्न अभियान चलाइने अध्यक्ष श्रेष्ठले बताए ।

Comments
Loading...