जिल्लाकै ठूलो पुरस्कार राशीको क्रिकेटको उपाधि लुम्बिनीलाई

0 105

दयाराज न्यौपाने । तानसेन
पाल्पा जिल्लाकै ठुलो पुरस्कार राशीको दि दरबार त् (द्दण् राष्ट्रिय क्रिक्रेट प्रतियोगीताको उपाधी लुम्बिनी नवयुवा क्रिके्ट कल्व रुपन्देहीले हात पारेको छ ।
१ लाख पुरस्कार राशीको प्रतियोगीतामा टुडीखेल खेलमैदानमा भएको फाईनल खेलमा पाल्पा ११ लाई १३ रनको अन्तरले पराजित गर्द लुम्बिनी नवयुवा क्रिकेट कल्व रुपन्देहीले उपाधि हात पारेको हो । टस जितेर पहिला व्याटिङ गरेको लुम्बिनी नवयुवा कल्वले १९.१ बलमा सबै बिकेटको क्षतीमा १०४ रन बनाएको थियो । १०४ रनको योगफल बनाउन क्रममा बसिर खानले सर्वाधिक ३६ रनको पारी खेले भने रुपेश कुर्मी २४ रन तथा अमर चन्द्र र बैतुल्ला खानले समान १० –१० रन बनाए । पाल्पा ११ का तुल बहादुर थापा, ४ सुरेश गोदार २ , अरुण चौधरीले २ तथा दुर्गेश कुमार गुप्ता,र राजु अन्सारी समान १– १ बिकेट लिएका थिए ।

जिल्ला क्रिकेट संघ पाल्पाको आयोजनामा संचालन भएको प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि तथा अन्तराष्ट्रिय अम्पायर सत्यजित सरकार, जिल्ला खेलकुद विकास समितिका सदस्य दयाराज न्यौपानेले क्रिकेट बिकासमा सबैको योगदान रहनु पर्नै बताउँदै पाल्पामा नियमित प्रतियोगिताले उत्कृट खेलाडी उत्पादनमा सहयोग पुगेको भन्दै आयोजक प्रति आभार व्यक्त गरे ।

प्रथम हुने लुम्बिनी नवयुवा क्रिकेट कल्व रुपन्देहीले नगद १ लाख प्रमाण पत्र, मेडल र खेल सामाग्री तथा द्धितिय हुने पाल्पा ११ ले नगद ५० हजार र प्रमाण पत्र, मेडल प्रदान गरिएको थियो । उत्कृष्ट प्रदर्शन गर्ने लुम्बिनीका बसिर खान म्यान अफ द फाईनल र म्यान अफ द सिरिज छानिएका छन् । प्रतियोगीतामा पाल्पा, स्याङजा रुपन्देही र कपिलबस्तुका गरी १६ टिमको सहभागीता रहेको थियो ।

दी दरबार रिसोर्ट एण्ड कटेज धरमपानीले टाईटल प्रयोजन गरेको प्रतियोगीता खेल संयोजक दिपक घिमिरेको स्वागत मन्त्वय बिक्रम बाह्रघरेको संचालन तथा जिल्ला क्रिकेट संघ पाल्पाका अध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा चलेको थियो ।

Comments
Loading...