जिल्लामै पहिलो अभ्यासः माथागढीको वडा वडामा सार्वजनिक सुनुवाई

0 114

पाल्पा । जिल्लाको पहिलो अभ्यास माथागढी गाउँपालिकाले गरेको छ । गाउँपालिका र वडा कार्यालयले सम्पादन गर्दै आएका बिकास निर्माण तथा अन्य कार्यक्रमबारे जनताको धारणा, जिज्ञाशा र सुझाव संकलनको राम्रो आधार सार्वजनिक सुनुवाई भएकोले यस पनि यसप्रकारको अभ्यास गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए ।

माथागढी गाउँपालिकाको वडा ८ ले सार्वजनिक सुनुवाई गरेको छ । गाउँपालिकाको आयोजनामा वडास्तरमा हुने गरेका गतिविधका विषयमा जानकारी दिन सार्वजनिक सुनुवाई गरेको हो ।
माथागढी २ रुप्सेमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि सन्तोेष थापा मगरले गाउँपालिकाका सेवा सुविधाहरु पारदर्शी, सूचनामैत्री, बनाई जनतालाई सुशासनको प्रत्याभूति दिलाउन वडास्तरबाटै सार्वजनिक सुनुवाई थालिएको बताए ।
हरेक वडामा अध्यक्ष थापा सहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत दिपक नेपाली सहित कर्मचारीहरुको सहभागिता रहँदै आएको छ ।

Comments
Loading...