जीप दुर्घटनाका घाइतेलाई काठ्माण्डौ पठाइयो

0 20

पाल्पा । आईतबार पाल्पामा भएको जिप दुर्घटनाका घाईतेलाई थप उपचारको लागि सोमवार हेलिकोप्टर मार्फत काठमाण्र्डौ लगिएको छ ।
दुर्घटनमा घाईते भएका बगनासकाली गाउँपालिका ३ की २६ वर्षीय लक्ष्मी बस्याल, उनका ५ वर्षीय छोरा नविन बस्यालको अवस्था जटिल रहेकोले थप उपचारको लागि काठमाडौँ पठाईएको मिसन अस्पताल पाल्पाकी निर्देशक रचेल कारकले बताइन् ।

उनीहरुलाई काठ्माण्डौको ग्रान्डी अस्पतालमा लगिएको हो । आईतबार बिहान तानसेन तानसेन ४ बडिज्ञानटोलमा ग १ च ६७४८ नम्बरको पिकअप जिप ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा बगनाकाली गाउँपालिका ३ का ९ महिने बालक निशान्त बस्याल र तानसेन ६ बतुङकी कमला पाण्डेको युनाईटेड मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
जिपको ठक्करबाट नवलपरासी सुनवल नगरपालिका २ प्रगतिटोलका ५१ वर्षीय रामजी चौघारीको युनाईटेड मिसन अस्पताल तानसेनमै उपचार भइरहेको छ ।

Comments
Loading...