जीर्ण भवनमै पुरुष बन्दीको दैनिकी

0 25

पाल्पा । पाल्पा कारागारका पुरुष बन्दीहरु जोखिम मोलेर बस्न बाध्य भएका छन् । बिसं. १९८३ मा निर्माण गरिएका कारागारका पुराना भवनहरु अधिकांश जीर्ण र भत्कने अवस्थामा छन् । २०७२ साल बैशाखको भुकम्पका कारण भत्किएका २ वटा भवनको सामान्य मर्मत गरि बन्दीहरुलाई सोही भवनमा राखिएको छ । अन्य भवनहरु समेत निकै जीर्ण भएकोले दलितमा टेको लगाएर राखिएको छ ।

ग श्रेणीको पाल्पा कारागारको क्षमता ३ सय जना रहेको छ । अहिले कैद तोकिएका र नतोकिएका गरि २ सय पुरुष र ६७ महिला बन्दी रहेका छन् । त्यस्तै ३ बालक र ४ बालिका कारागारमा आश्रित रहेका छन् । महिला बन्दीहरुलाई ४ वर्ष अघि नयाँ भवनमा सारिएको छ भने पुरुष बन्दी भवन निर्माणमा ढिलाई हुँदा पुरुष बन्दीहरु जोखिम मोलेर बस्न बाध्य भएका छन् ।
२०६८ असार १६ गते सम्झौता भई २०७० बैशाख १६ गतेसम्म कार्यसम्पन्न गर्नुपर्ने सहमति भएको बन्दी गृह निर्माणको काम ३ पटक म्याद थपिदासम्म अहिलेसम्म ८० प्रतिशत मात्रै काम सकिएको छ । उक्त भवन निर्माणको ठेक्का बिरुवा सुन्दरी गोरखा जेभीले लिएको छ ।

Comments
Loading...