होम स्टे अभियन्ताले पुर्याए बिपन्न बर्गसम्म सहयोग

0 139

पाल्पा । खानीगाउँ माध्यमिक बिद्यालय बगनासकाली ७ खानीगाउँaमा अध्ययनरत गरिव तथा बिपन्न परिवारका जेहेन्दार बिद्यार्थीहरुलाई न्यानो स्वीटर बितरण गरिएको छ ।

अमेरिकी नागरिक paul Thamsan (पउल थमसन)को सहयोगमा बिद्यालयका ४५ जना बिद्यार्थीलाई स्वीटर र सोही बिद्यालयमा अध्ययनरत अन्य बाँकी बिद्यार्थीहरुलाई कापी कलम हस्तान्तरण गरिएको छ । तानसेन स्थित होराइजन होम स्टेका संचालक तथा होम स्टे एसोसिएसनका केन्द्रीय उपाध्यक्ष धनिश्वर बस्याल मार्फत पउलले उक्त सहयोग पठाएका हुन् ।
एक महिना अघि पाल्पा भ्रमणका लागि आएका पउल होराइजन होमस्टेमा बसेका थिए । सोही क्रममा उनले जिल्लाको कुनै बिद्यालयमा पुग्ने इच्छा जनाएपछि उनी संचालक बश्यालसँगै खानीगाउँ माविमा पुगेका थिए । सोही दिन उनले बिद्यालयका बिद्यार्थीहरुलाई चक्लेट बितरण गरेका थिए भने डिस्नरी समेत हस्तान्तरण गरेका थिए । बिद्यालयमा अन्र्तक्रियाका क्रममा बिद्यालय र बिद्यार्थीहरुका समस्या सुनेर अमेरिका फर्केका उनले उक्त सहयोग पठाएका हुन् ।


शुक्रवार झम झम पानी परिरहेकै बेला बिद्यालयमा एक कार्यक्रमका बीच स्वीटर बितरण गरिएको हो । जाडोको बेला यसरी स्वीटर लगाउन पाउँदा बिद्यार्थीहरु निकै खुशी थिए । स्वीटर बितरण कार्यक्रममा पहलकर्ता धनिश्वर बस्यालले यसप्रकारको सहयोगबाट बिद्यार्थीहरुमा अझ रचनात्मक भएर पढ्न जाँगर चल्नुपर्ने बताए ।


इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले अमेरिकामा जन्मे हुर्केको एक जना ब्यक्तिले गरिव तथा बिपन्न परिवारका बालबालिकालाई यसरी सम्झेर सहयोग गर्नु महत्वपूर्ण कार्य भएको बताए । बिद्यालयकी प्रधानाध्यापक कल्पनाकुमारी भुसालले सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै प्रकारको सहयोगको अपेक्षा गरिन् ।

Comments
Loading...