झापाकी अरुणा श्रेष्ठका ५ मुक्तकहरु

0 211

अरुणा श्रेष्ठ
मुक्तक १
खतरा सूचक बनी मचियो खैलाबैला आधीरातमा
पुरै बस्ती त्रसित हुँदै एकत्रित भए पर जमातमा
दूरबाटै नियालि रहे उस्तै आत्मा उस्तै स्वरुपको ऊ
किन मान्छे बीचै मान्छे फरक बन्यो औकातमा ।

मुक्तक २
भ्रष्ट विचार त्यागी सत्मार्गको सुर गर्नु भनिरहेको छ
निस्वार्थ भइ सबैको भलो भरपुर गर्नु भनिरहेको छ
बन्धन र भयमै मनलाई कति दबाउँछौ नारी सुन
अपनाइ संस्कार कुसंस्कार दूर गर्नु भनिरहेको छ ।

मुक्तक ३
पिडा नै साथी हुन्छ हलुङ्गो बनाऊँ लाग्दैन
घोचे पनि काँडै असल थुङ्गो बनाऊँ लाग्दैन
मैले पत्थरको संगत यसर्थ गर्न छाडिदिएँ
मलाई उसको जस्तै मुटु ढुङ्गो बनाऊँ लाग्दैन ।

मुक्तक ४
विछ्याएर हजुरको बाटै भरी फूल मैले
आगमन तृष्णामा रहनु गरेकी भुल मैले
मुटु दुख्दा अनायसै नयन आँसुले भरिदा
लाग्छ दुखाउन माया लाएकी फजुल मैले ।

मुक्तक ५
आयौ हुरिबतास बनी मेरो रहरहरूमा बाधा गरेर
कल्पेको पनि थिइन बाचौला सुन्दर रङ्ग साधा गरेर
बनौंला जून सोचेथेँ तर तिम्रै निम्ति फल बन्नु पर्यो
मौन हुनेछु अब सिङ्गै खाऊ या त आधा गरेर ।
– भद्रपुर नगरपालिका ३ झापा

Comments
Loading...