टावर छ काम गर्दैन

0 160

पाल्पा । रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ कोसत्यवतीमा नेपाल टेलिकमले गरेको सवा दुई करोडको लगानी बालुवामा पानी सरह भएको छ । टेलिकमको चरम लापरवाहीको कारण सेवाग्राही सेमत सुविधाबाट बञ्चित भएका छन् ।

सत्यवतीमा डेढ वर्षअघि सञ्चालनमा आएको टेलिकमको टावरले सेवा प्रवाह नगरेपछि सेवाग्राहीहरु सुविधाबाट बन्चित भएका हुन् । सेवा सुचारु गरिएपनि टावरको इक्युभमेन्ट जडानमा नेपाल टेलिकम पाल्पा र श्रेत्रीय कार्यालयले भैरहवाले लापरवाही गरेको कारण सेवा विस्तार हुन नसकेको हो । टवारमा पुरा पावरको बिटीएस जडान गर्नुपर्नेमा माईक्रो बिटीएस जडान गरिएकाले सेवा विस्तार हुन नसकेको टेलिकम पाल्पाका प्रमुख सन्तोष भण्डारीले स्वीकार गरे ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय भैरहवाका प्रमुख ललितकुमारलाल दासले भने, ‘हामी फूल बिटीएस खोजेर तत्काल जडान गर्ने प्रयास गर्छौं, नभए केन्द्रबाट मगाएर केही ढिलो भएपनि सुधार गर्छौं ।’ टेलिकम पाल्पाले फूल विटीएसको अभावले माईक्रो बिटीएस जडान गरिएको बताएको छ ।
टेलिकमले नाम मात्रको टावर निर्माण गरेको भन्दै स्थानीयले आक्रोश ब्यक्त गरेका छन् । स्थानीय वडा नं. ८ का वडापालिका अध्यक्ष थमान रानाले भने । ‘यो टेलिकमको लापरवाही हो, पाँच सय मिटर वरपर पनि काम नगर्ने टावर हामीलाई आवश्यक छैन ।’
यो टवार पुरा क्षमतामा सञ्चालन भए साविकका गाविसहरु सत्यवती, बल्ढेङगढी, जुठापौवा तथा अर्घाखाँची र रुपन्देहीका केही स्थानमा सेवा सुचारु हुन सक्छ ।

Comments
Loading...