टावर त राम्रो गरि नटिप्ने गाउँका बिद्यार्थीले कसरी अनलाइनमा पढ्नु ?

0 41

कमल ज्ञवाली
यतिबेला हाम्रो देशमा अनलाईन कक्षा संचालन गर्ने विषयले निकै चर्चा पाएको छ। सोही कुरालाई मध्यनजर गर्दै मैले यहीँ विषयमा हामी नेपालीको वास्तविकता देखाउने कोसिस गरेको छु ।मैले यो कुराको विरोध गर्न खोजेको होईन । तर हामी नेपालीको यति धेरै कठिनाइ परिस्थितिमा कसरी सम्भव होला भन्ने जिज्ञासाले मलाई निकै सतायो र अनि लेख्न बाध्य भए। अनि म केहि शब्दलाई कोर्दै छु ।


कुरा हाम्रै गाउँको गरौँ केही वर्ष अगाडी मेरा बा ले किन्दिएको साधारण मोबाइल बोकेर शहर पढ्न झरेको म सँग अझै त्यहीँ मोबाइल छ । जसमा नेटको सुविधा छैन । अहिले यो महामारीको समयमा बिहान खाए बेलुका के खाने भन्ने परिवार हाम्रै वरिपरि छन्। यदी हामीले पाल्पाको आकडा हेर्ने हो भने कम्तीमा पनि ८० देखि ९० प्रतिशत विद्यार्थीहरु गाउँमा छन् ।


तिनीहरुका लागि के साच्चिकै यो अनलाईन कक्षा प्रभावकारी होला त सरकार ? जसोतसो गाउँमा मोबाईल भएपनि नेटको राम्रो सुविधा छैन । फोन गर्न त कहाँ अग्लो ठाउँ छ भन्दै खोज्न पर्ने ठाउँमा कसरी अनलाईन शिक्षामा पढ्न सकिएला र ?अनलाईन शिक्षा पढ्नको लागि पनि त प्रयाप्त पैसा छैन हामी जस्तै कयौं विद्यार्थीसँग ।


मेरो सरकारले त केवल घुम्ने कुर्चिमा बसेर भाषण मात्रै दियो तर उसले देखेन यो देशमा म जस्तै कयौं गरिब विद्यार्थी पनि छन् भनेर । ग्रामीण क्षेत्रका विद्यार्थीहरुमा पर्न गएको मर्का बुझने कसले ? माथि बसेर भाषण गर्नुभन्दा पहिला आफुलाई जिताएर पठाएको ठाउँमा पुगेर पनि एकपटक हेर्ने हो कि सरकार ?
तिमिहरुलाई नेपाली जनताको साराप लाग्ने छ । देश संकटकालिन अवस्थामा गुज्रिएको बेला तिमीहरु त्यहीँ कुर्चिको लागि लडिरहेका छौँ । तिमिहरुलाई हामी नेपाली र देशको कुनै चिन्ता होइन चिन्ता छ त केवल कुर्सी र सत्ताको मात्रै । यति कुरा बुझन जरुरी छ, सरकार हामी तिमिहरु बसेको जस्तो महलमा होईन झुपडीमा बसेर गुजारा गरिरहेका छौँ ।

यहाँ फोन गर्नलाई पनि बा को नोकिया फोन बोकेर रुखको टुप्पामा पुग्नु पर्छ । यस्तो ठाउँबाट तिमिहरुको अनलाइन कक्षा कसरी लिउँ? नलिऔं भने आफ्नो भविष्य बिग्रदै छ । लिऔंं भने बिहान बेलुका खाने छाक काट्नुपर्छ (केही पाउन केहि गुमाउनु पर्छ भने उखान बल्ल काम लायो।)मेरो मात्र छाक काट्नु पर्ने भए त हुन्थ्यो ।


बुढा भएका बा आमाको सबैको छाककाट्नु पर्छ । अनलाईन कक्षा लिन मेरा बा आमाले दुस्ख गरि जोरजाम गरेको पैसा खर्चनु पर्छ । मेरा लागि यो शिक्षा निकै महङ्गो हुन गयो । म जस्ता कयौं विद्यार्थीको पहुँचमा यो उपयुुक्त छैन जस्तो लाग्द्छ । म त एउटा प्रतिनिधि पात्र मात्रै हो म जस्तो हजारौं विद्यार्थी हाम्रो देशमा छन् भन्ने भुल्नु भएन । यतिबेला अन्लाईन शिक्षा भन्दा पनि हामी कसरी बाच्ने संघर्षमा उत्रिरहेका छौँ । हामी बाचेउ भअने भोलि पढ्नु होला । हाम्रो स्वास्थ नरहे के नै हुन्छ र सक्छौ भने हामीलाई बचाउ बाचिएला भने स्कुलमा गएरै पढौंला । सामाजिक अभियन्ता हालः पाल्पा

Comments
Loading...