टिकट कसलाई सोमप्रसाद कि ठाकुरलाई ?

0 23

यज्ञमूर्ति तिमिल्सिना
पाल्पा । अगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट पाल्पा क्षेत्र नं. १ मा पूर्व मन्त्री समेत रहेका दल बहादुर राना उम्मेदवार बन्ने निश्चित जस्तै भएको छ ।

तर क्षेत्र नं. २ मा भने एमाले भित्रै कसले टिकट ल्याउछ भन्ने चर्चा सुरु भएको छ । चियापसलदेखि सामाजिक सञ्जालसम्म यसबारे नै चर्चा छ । यो क्षेत्रमा २०५१ सालदेखि अहिलेसम्म ४ पटक सांसदका उम्मेदवार भइसकेका र ३ पटक बिजयी भई मन्त्रीको समेत जिम्मेवारी पाइसकेका सोमप्रसाद पाण्डे र बिद्यार्थी राजनीतिबाट लोकप्रिय भई हाल केन्द्रीय सदस्य रहेका ठाकुर गैरेको नाम चर्चामा छ । चर्चामा रहेका पाण्डे र गैरे दुबै जना एमाले केन्द्रीय सदस्य हुन् । कतिपयले गैरेलाई प्रदेशको उम्मेदवार बन्न अनुरोध गरेका छन् । तर यसपटक मतदाताले समेत नयाँ अनुसार चाहेकोले आफू प्रतिनिधिसभाकै उम्मेदवार बन्न पाउनुपर्ने गैरेको भनाई छ । गैरेको पक्षमा सामाजिक सञ्जालमा लेख्नेहरुले समेत उनलाई प्रदेशसभामा उठ्न जोडबल गरेका छैनन् । स्रोतका अनुुसार गैरेलाई प्रदेशसभामा उठाउने र पाण्डेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने तयारी भइरहेको छ । अर्कोतिर गैरेको क्षेत्र पर्ने प्रदेशसभाका लागि डा. पुरन बज्राचार्यको नाम लगभग फाइनल जस्तै भएको बुझिएको छ ।
यद्यपी नेताहरु यादव बहादुर रायमाझी, धनेन्द्रराज घिमिरे र कर्मचारीहरुका पूर्व नेता गणेश बस्यालको नाम समेत केन्द्रमा सिफारिस भएको छ ।

टिकट सोमप्रसाद र ठाकुर मध्ये १ जनाले पाउने निश्चित जस्तै भएको एमाले स्रोतले जनाएको छ । समाजले नयाँ अनुहार चाहेकोले पनि यस पटक ठाकुर गैरेले टिकट पाउनुपर्छ भन्ने धारणा धेरैले राखेका छन् । सामाजिक सञ्जालहरुमा समेत युवा पुस्ताले ठाकुरकै नाम बढी लिएका छन् । अर्कोतिर अहिले भइरहेका रचनात्मक कामहरुलाई निरन्तरता दिनका लागि पनि सोमप्रसाद आवश्यक रहेको अर्काथरीको भनाई छ । सोमप्रसादको जनमत बलियो भएको उनीहरुको दाबी छ ।

Comments
Loading...