टिप्पर आतंकबारे युवा संघले मुख खोल्यो, जनप्रतिनिधि बोल्दैनन्

63

पाल्पा । युवा संघ नेपाल पाल्पाको जिल्ला कमिटिको बैठकले बिभिन्न निर्णयहरु गरेको छ । साथै जिल्लाका विभिन्न समसामयिक बिषय प्रति गम्भिर चासो राख्दै यो प्रेस विज्ञप्ति जारी गरेको छ ।

बिज्ञप्तिमा के छ ?
प्राकृतिक स्रोत र साधनले भरिपूर्ण पाल्पा जिल्लाका बिभिन्न भागमा भएका प्राकृतिक स्रोतको समुचित सदुपयोग हुनु हाम्रो गौरबको कुरा हो । हाम्रा खानी र खनिजको उचित प्रयोगले पाल्पाको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण टेवा पुग्ने कुरामा दुइमत छैन तर साँघुरो सडक, सवारिसाधनको चापलाई जीर्ण बनेको सडकले थेग्न सकेको छैन ।

जसले गर्दा मानबीय मूल्य र मान्यतालाई समेत नकार्दै कानूनी मापदण्डको समेत ख्याल नराखी खनिजजन्य पदार्थ ओसार–पसार गर्ने यातायातलका साधनले पु¥याएको असर भयानक र डरलाग्दो देखिन्छ । बिगतमा छिमेकी जिल्लामा भएका दुःखक दुर्घटनाको पूर्वानुमानले पाल्पाली जनता निकै त्रसित बनेका छन् । सम्बन्धित निकायले क्षति पूर्वनै यस तर्फ ध्यान दिँदै सडकमा बढि चाप हुने बिहान र बेलुकाको उचित समयमा यस्ता साधनलाई सडकमा रोक लगाई यात्रीहरुले निर्वाध यात्रा गर्ने प्रबन्ध होस् । पाल्पालाई प्रर्यटनको मुख्य केन्द्र बनाउने सपना बाड्दै जनप्रतिनिधि बनेका हाम्रा अग्रजहरुले पाल्पा बुटवल सडक खण्डमा यात्राको महसुस गरेको हामीले बुझेनौ ।

अनिवार्य र नियमित यात्रामा समेत बुटवल र पाल्पाको यात्रा गर्न नसकिने जिर्ण सडकका बिचमा हामीले कुन पर्यटक पाल्पा भित्रयाउने हामी सरोकारवाला जनप्रतिनिधिसंग सडक, जनप्रतिनिधि र जनता बिषयक अन्तरक्रिया तिनाउ गाउँ पालिका ३ झुम्सामा गर्दैछौ । जनताको राजस्वबाट जनतालाई सेवा प्रदान गर्न बनेका सरोकारवाला सरकारी निकाय जनतामैत्री नभएको हाम्रो ठहर छ । कार्यालय समयमा जनताको काम नगर्ने र कार्यालय समयभन्दा बाहिर सरकारी सवारिसाधनहरु आफ्नो व्यक्तिगत कार्यमा प्रयोग गर्दै जनताको सम्पत्तिको दुरुपयोग गर्ने प्रबृत्ति पाल्पामा बढ्दै गएको देखिन्छ । जसको निराकरणमा सम्बन्धित निकायले कदम नचालेमा युवा संघ नेपाल पाल्पा कडा कदम अगाडि बढाउन बाध्य हुने छ ।

अन्तमा युवा संघ नेपालका केन्द्रिय सदस्य क.सुरेन्द्र पाण्डेयको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । संघका जिल्ला अध्यक्ष करुणा काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

Comments
Loading...