ठूलो त्रिशुलको पहिचान बोकेको भैरव मन्दिर, जहाँ दैनिक भक्तजनको घुइचो हुन्छ

0 121

पाल्पा । दक्षिण एसियाको सबैभन्दा ठूलो मानिने त्रिशुल रहेको पाल्पा भैरव मन्दिर धार्मिक पर्यटकका लागि बिशेष आर्कषणको केन्द्र बनेकोे छ ।

रिब्दीकोट गाउँपालिका भैरवस्थानमा रहेको उक्त मन्दिरको जिर्णोद्धार एवम् अन्य मर्मत सुधार गरिएपछि मन्दिरले बिशेषगरि धार्मिक पर्यटकको मन जित्न सफल भएको छ । मन्दिरको अवलोकन तथा पुजापाठका लागि दैनिक कम्तीमा २ हजार जनासम्म आन्तरिक र ५० जना बढी बाह्य पर्यटक आउने गरेका छन् ।”

पाल्पा गौडाका तत्कालिन गर्भनर मणिमुकुन्द सेनले उक्त मन्दिरको निर्माण कार्य सुरु गरेका थिए । मन्दिर परिसरमा भित्रबाट फलाम र बाहिर सुनको जलप भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो त्रिशुल राखिएको छ । मन्दिर परिसरमा रहेको उक्त त्रिशुल अगाडि उभिएर तस्विर खिचाउँनकै लागि पाल्पा पुग्ने अधिकांश पर्यटकहरु भैरवस्थान पुग्ने गरेका छन् ।

मन्दिर भित्र मुढाको धुनी र बत्ती निरन्तर बलिहन्छ । भैरवस्थान मन्दिरभित्र बलेको बत्तीका कारण पनि यो मन्दिरको थप महत्व बढेको हो । मन्दिर भित्र बत्ती बलिरहन्छ कारणबश बत्ती निभ्यो भने धुनीको आगो लगेर बाल्ने र धुनी निभ्यो भने बत्तीको आगो ल्याएर बाल्ने प्रचलन रहिआएको छ । स्थानीय समुदायको सक्रियतामा समिति गठन गरि भैरवस्थानमा आन्तरिक तथा बाह्य पर्यटक एवम् दर्शनार्थी भित्र्याउने अभियानमा लागि परेका छन् । यहाँ माना पाथीका रोट चढाउने, मनोकामना पूरा भएपछि भाकल लैजानेहरुको भिड लाग्दछ ।

५६ रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरको बाटो खन्ने, बगैचा तयार गर्ने, सार्वजनिक सौचालय बनाउने काम सम्पन्न भएको छ ।

Comments
Loading...