बिहीबारबाट ‘पाल्पा महोत्सव’ सुरू

0 231

पाल्पा । जिल्लाको सदरमुकाम तानसेनस्थित मदनपोखराको दमकडामा ‘पाल्पा महोत्सव’ सुरू भएको छ ।

पाल्पा व्यापार संघको आयोजनामा सञ्चालन भएको महोत्सवको प्रमुख अतिथि नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै मन्त्री ढकालले यसप्रकारको महोत्सवले पर्यटन प्रवर्धनसंगै स्थानीय कृषि उत्पादनहरुको बजारीकरणमा पनि टेवा पुर्याउने बताए ।

कार्यक्रममा विशिष्ट अतिथि पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डे, प्रदेशसभा सदस्य रमा घर्ति, तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाही, नेकपाका केन्द्रीय सदस्य ठाकुर गैरे, नेकपा जिल्लाका नेता धनेन्द्रराज घिमिरे, कमल पाण्डे, नेपाली काँग्रेसका सचिव अजय कर्मचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्द्रीय सदस्य डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामी, नेकपा मालेका अध्यक्ष धनराज पौडेल, ब्यापार संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, गल्याङ ब्यापार संघका अध्यक्ष गंगा प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्याल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

संघका अध्यक्ष चिरञ्जीवी पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष बामदेव बश्यालले स्वागत र सचिव पर्शुराम पौड्यालले सञ्चालन गरेका थिए ।

महोत्सवमा २ सय ७५ वटा स्टल रहेका छन् । पाल्पाका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु, घरेलु तथा साना उद्योगबाट उत्पादित पाल्पाली ढाका, करुवा लगायतका वस्तु, पाल्पाका पशुपालक किसानले उत्पादन गरेको दुग्धजन्य वस्तु, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीबाट उत्पादित सामग्रीका स्टल रहेको संघका अध्यक्ष पोखरेलले बताए ।

लोपोन्मुख जातजातिका कला सँस्कृति झल्किने प्रस्तुती र राष्ट्रिय तथा स्थानीय कलाकारको समेत दैनीक प्रस्तुती रहने छ । यस्तै महोत्सवमा स्थानीय सँस्कृति झल्किने घाटु नाच, ठूलो नाच, सोरठी, कडुवा ख्याली, भजन, रोइला, चुट्का, फागु नाच, लाखे नाच, झ्याउरे प्रस्तुत हुने सांस्कृतिक उपसमितिका संयोजक थानेश्वर गैरेले बताए । महोत्सव ११ गतेसम्म चल्ने छ । फोटो इरानीमहल

Comments
Loading...