तानसेनको फोहोरमैला ब्यवस्थापनबारे अन्तरक्रिया

0 56

कमल बस्याल । पाल्पा

शहरी विकास तथा भवन निर्माण विभाग र महिला सशक्तिकरण नेपाल को संयुक्त आयोजनामा प्रदुषणकर्ता नै जिम्मेवार रहने सिद्धान्तमा आधारित तानसेन नगरपालिकाको सरसफाई एवं फोहोरमैला व्यवस्थापन विषयमा सरोकारवालाहरु बीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यलय, पाल्पाका डिभिजन प्रमुख रमेश थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा महिला सशक्तिकरण नेपालका उपाध्यक्ष बिनोद पछाईले स्वागत मन्त्व्यसगै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा पछाईले आफुहरुले अहिले तानसेन नगरपालिको निश्चित वडाहरुमा मात्र यस्ता कार्यक्रम राखेको र यसलाई सफल पार्दै आगामी दिनमा अन्य वडाहरुमा पनि कार्यक्रम बिस्तार गर्दै लैजाने बताए ।

त्यसैगरि कार्यक्रममाथि प्रकाश पार्दै तानसेन नगरपालिकाका फोहोर ब्यवस्थापक शंकर भण्डारीले नगरपालिकालाई स्व्च्छ र सफा राख्न यस्ता कार्यक्रमले महत्वपुर्ण योगदान पुग्ने बताउदै तानसेन नगरपालिकाका बिभिन्न चोकहरुमा सिसि क्यामेरा जडान गर्ने काम भईरहेको र कसैले जथाभावी फोहोर गरेको देखिएमा स्थानीय टेलिभिजनहरुमा सार्वजनिक समेत गर्ने भन्दै सजग रहन सुझाव दिए ।  प्रमुख अतिथि तानसेन नगरपालिकाका उपमेयर लक्ष्मी पाठकले आफुहरुले तानसेन नगरपालिकाको फोहोर ब्यवस्थापनमा सक्दो कार्यहरु गर्ने भन्दै सम्पुर्ण जनताहरुमा पनि यसखालका सचेतनाका कार्यक्रमहरु फैलाउनुपर्ने बताइन् । साथै उनले तानसेन नगरपालिकाको फोहोर व्यवस्थापनका लागि बनाईएको ल्याण्ड फिल्ड साईडलाई पनि प्राविधिक र वातावरणीयय रुपले फोहोर फाल्न युक्त बनाई स्थानियहरुसंगको छलफल र सहमतिमै फोहोर ब्यवस्थापन गरिने बिश्वास दिलाइन् । यो अभियानमा तानसेनबासीहरुको महत्वपूर्ण सहयोग रहने समेत उनले बताइन् ।

कार्यक्रममा शहरी विकास तथा भवन डिभिजन कार्यलय, पाल्पाका डिभिजन प्रमुख रमेश थपलियाले फोहोरको दिर्घकालिन ब्यवस्थापन र फोहोरको सदुपयोगसंग यो कार्यक्रम सम्बन्धित रहेको बताए । त्यसैगरि कार्यक्रममा बोल्दै तानसेन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बरुण कुमार रेग्मीले आफनो वडामा यस्तो किसिमको कार्यक्रम राखेकोमा धन्यबाद ज्ञापन गर्दै आफनो वडालाई सरसफाईको क्षेत्रमा नगरमै उत्कष्ट बनाउने प्रतिबद्धता ब्यक्त गरे।

कार्यक्रममा सहभागीहरुले फोहोर ब्यवस्थापनका लागि ल्याण्ड फिल्ड साईटको संचालन, चोक चोकमा हुने फोहोर हटाउने उपाय, मासु र बधशालाका कारण हुने दुर्गन्धको न्यूनिकरण, ढल ब्यवस्थापन बिषयमा आफनो भनाई एवम् गुनासा ब्यक्त गरेका थिए । वक्ताहरुले नगरपालिकाले नियम कडा बनाई सोही अनुसार कार्यान्वयन गर्ने र अटेरी गर्नेहरुलाई कारवाही गर्न सके फोहोरमैला व्यवस्थापनमा सहयोग पुग्ने बताए । आयोजकले तानसेनका बिभिन्न स्थानमा सचेतनामुलक सडक नाटक प्रस्तुत गरिसकेको छ भने कार्यक्रमको अवसरमा तानसेन नगरपालिकाका बिभिन्न चोकहरुमा राख्नेगरि फोहोर फाल्ने बाल्टिनसमेत वडा अध्यक्षलाई हस्तान्तरण गरेको छ । कार्यक्रमको संचालन कमल बस्यालले गरेका थिए ।

Comments
Loading...