तानसेनको सेन माविमा क्वारेन्टाइन बनाइदै (तानसेनका मेयरको भिडियो सहित)

0 179

पाल्पा । तानसेन नगरपालिकाले नेपाली सेनाको सहकार्यमा सेन माध्यमिक बिद्यालय तानसेनमा क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।


कोरोना भाइरसबारेको चेतना बिस्तारका लागि तानसेन नगरपालिका अन्र्तगत रहेका टोल बिकास संस्था, महिला समुह, महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई परिचालित गर्ने निर्णय गरिएको नगरपालिकाका मेयर अशोककुमार शाहीले बताए ।
सबै घर घरमा एकैपटक यसको सन्देश पुग्ने गरि अभियान संचालन गर्ने निर्णय गरिएको छ । अभियानको प्रचारका लागि प्रिन्ट र अनलाइन मिडियासित समन्वय गर्ने । टोल टोलमा जागरण अभियान संचालन गर्न लागिएको छ ।


कोरोना भारइस संक्रमणबाट जोगिनका लागि नगरपालिकाले बिभिन्न जागरण अभियानहरु अगाडि बढाउने निर्णय गरेको तानसेन नगरपालिकाका मेयर शाहीले बताए ।
(पाल्पा समाचारपत्रको अफिसियल युट्युव च्यानल सस्क्राइव गर्न नभुल्नुहोला ।)

Comments
Loading...