तानसेनमा लिफ्टवाला होटल सुरू

0 135

पाल्पा । तानसेनमा बुधबारबाट व्यवसायिक रूपमा होटल ताज शुभारम्भ भएको छ । टुँडिखेलको छेउमा शुभारम्भ हुन थालेको सो होटलमा १५ वटा अत्याधुनिक कोठाहरु र नमूना आतिथ्यता सहितका सेवा सुविधा रहेको सञ्चालक मुक्ति जिसीले बताए ।

जिल्लाको पर्यटन विकासका साथै, तानसेनमा आउने हरेक पर्यटकहरूलाई सन्तुष्टि दिने काम हुने जिसीले बताए । १६ करोडको हाराहारीमा लगानी गरिएको सो होटल पाल्पाकै अत्याधुनिक र लिफ्ट समेत रहेको छ । पाल्पालाई चिनाउने काममा यो होटल नमूना बन्ने आयोजकहरूले पत्रकार सम्मेलनमा बताए ।

पाँच तलाको अत्याधुनिक भवन र कर्पोरेट हाउस, सेमिनार हलहरू समेतको व्यवस्था रहने छ । ताज होटलले प्रत्यक्ष अप्रत्यक्ष ५० जना भन्दा बढीलाई रोजगारी दिने आयोजकहरूले बताएका छन् । होटल ताज यस क्षेत्रकै नमूना मानिएको छ । कार्यक्रम होटल ताजका म्यानेजर एसडी खड्काको सञ्चालनमा भएको थियो ।

Comments
Loading...