तानसेनले बिदेशबाट फर्केकाहरुलाई आगामी बर्ष बिशेष सम्बोधन गर्दै (फारमको लिंक सहित)

0 210

पाल्पा । जिल्लाको तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षमा वैदेशिक रोजगार, अध्ययन र व्यवसायका सिलसिलामा देश बाहिर रहेका नागरिकलाई समेत प्राथमिकता दिएर बजेट तथा कार्यक्रम ल्याउने योजना बनाएको छ ।


विश्वभर कोरोना महामारी र बन्दाबन्दीको अवस्थापछि वैदेशिक रोजगारमा रहेका नागरिकहरु स्वदेश फर्कन चाहेकाले आगामी बजेटमा प्रवासी तानसेनबासीलाई प्राथमिकताका साथ बजेट ल्याउने योजना सहित आवश्यक तयारी अगाडि बढाइएको नगरपालिकाका मेयर अशोक कुमार शाहीले बताए ।


तानसेन नगरपालिकाले दुई वर्ष अगाडि संकलन गरेको तथ्यांक अनुसार ५ हजार ५ सय ३८ नागरिक बाहिर रहेका छन् । तर त्यो तथ्यांकलाई पुन अद्याबधिक गर्ने काम अहिले चलिरहेको छ । तानसेन नगरपालिकाको पाश्र्व्चित्र २०७५ को तथ्यांकलाई अपडेट गर्न आवश्यक देखिएकाले ई–फारम तयार गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेल्बासेले बताए । तस्बिर विकिपिडिया


उक्त फारम भर्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://docs.google.com/forms/d/e/1FAIpQLSe7qDtj428vzRQHBfskBRnhNxmsn0jK3auhjujZX69GQSWMVQ/viewform?fbclid=IwAR1VotKKr3lBHx_2LFSldOqaRgbVpQZCcg2_kRGmm3Ub1ygiCtF_6Zsjzm4

Comments
Loading...