तानसेन आउने बाहेक सबै सवारी अव बाइपासको बाटोबाटै पठाइने

0 132

पाल्पा । तानसेन बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई सहज वनाउने निहुमा होलाङ्गदी–ढुंगाखानी वाईपास मोटरवाटोमा टिप्पर र मालवाहक ठूला गाडीमात्र संचालन गरेकोमा स्थानिवासीको विरोध पछि सवै सवारी साधन गुडने भएका छन् ।

तानसेन नगरपालिकाले सर्वपक्षिय भेलाका नाममा प्रभावित क्षेत्रका नागकिरलाई वेवास्ता गरि टिप्पर र मालवाहक ठूला गाडीमात्र चलाएकोमा दुख व्यक्त गदै स्थानियवासिन्दाले पानी छर्केर तानसेनवाट पश्चिम जाने सवै खाले सवारी साधन वाईपास भएर संचालन हुनुपर्ने माग सहित आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण हिजो दिनभर टिम्परहरु सिर्दाथ राजमार्ग अन्तरग बुटवल तानसेन सडकमै रोकिएका थिए ।

आन्दोलन सुरु भएसंगै प्रमुख जिल्ला अधिकारी मनोहरलाला खनालको संयोजनमा भएको दुई पक्षिय वार्ता पछि अर्को विकल्प नहुदाँ सम्म धुलो व्यवस्थापनका लागि तानसेन नगरपालिकाले वाटोमा पानी छर्केने , सवै खाले सवारी साधन वाईपास भएर संचालनका लागि पहल गर्ने सहमति भएपछि सडक खुल्ला गरिएको मोटरवाटो निर्माण समितिका अध्यक्ष तुलबहादुर रावलले बताए । उनका अनुसार वाईपासको बाकी ३ कि.मी मोटरवाटो कालोपत्रेका लागि बजेटको व्यवस्थापन सहित काम अगाडी बढाउन पहल गर्ने सकेत निर्णय भएको जानकारी दिए ।

कच्ची मोटरवाटोमा टिप्पर र ट्रकमा संचालन गर्दा अत्यधिक धुलो र खाल्टा खुल्टी परेकोले दैनिक रुपमा स्कुल आउने विद्यार्थी,कार्यालय आउने कर्मचारी र सर्वसाधरण र एम्वुलेन्स समेत सहज रुपमा आवत जावतमा समस्या परेको वडा अध्यक्ष रामबहादुर रावलले बताए ।

वार्ताका क्रममा तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले पानी छर्केर ,टिप्पर र ट्रक मात्र नभै सवै खाले सवारी साधनहरु संचालन गर्नुपर्छ भन्ने आफ्नो मनसाय रहेको वताए । उनले वाटो कालोपत्रेका लागि आबश्यक पहल तत्काल गर्ने समेत प्रतिवद्धता व्यक्त गरे ।

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले स्थानिय सरकारको निर्णय कार्यान्वयनको आग्रह अनुसार टिप्पर र ट्रक संचालन भएको भएपनि नागरिकको समस्या र गुनासालाई वार्तावाट समवेधन गर्न सफल भएको बताए । उनले नागरिकको मागलाई सकेसम्म पुरा गर्ने वताउदै भएको सहमति कार्यान्वयका लागि स्थानियतहलाई आग्रह समेत गरे । प्रमुख जिल्ला अधिकारी खनालले गरिएको सहमति कार्यान्वय र उपलव्धीका वारेमा केहि समस्या भए पुन छलफल गर्न सकिने भन्दै सवैले आफ्नो क्षेत्रवाट सकारात्मक भूमिका निर्वाह गर्ने अनुरोध समेत गरे । वार्तामा सुरक्षा निकायका प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
photo, google

Comments
Loading...